Salime Malika Krishi Farm

Awareness Campaign

भोलि राति ९ बजेदेखि एमडीएमएस लागू हुँदै, सुरुमा यी फोन ब्लक गरिने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: भोलि सोमवार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्ततः मोबाइल फोन दर्ता नभई नेपालभित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हो।

टेकपानासँगको कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘हाइ-इन्ड’ तथा महँगा स्मार्टफोनबाट यो प्रणाली कार्यान्वयन हुन लागेको जानकारी दिए ।

“हामी नयाँ आईफोन १५ सिरिजबाट एमडीएमएस कार्यान्वयन थाल्दैछौं,” उनले भने, “सुरुवाती चरणमा दर्ता नभई नेपालभित्र सञ्चालनमा रहेका उक्त सिरिजका फोनहरू बन्द गर्दै छौं ।”

सिंचाई
Forest
Ad.

अध्यक्ष खनालका अनुसार हालै बजारमा भित्रिएको आईफोन १५ सिरिजका करिब २५०० स्मार्टफोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा रहेको पाइएका छन् । भोलि राति ९ बजे पश्चात् ती फोन नेपालभित्र चल्न छोड्ने उनले बताए ।

“सस्ता सहित सबै फोनलाई एकै पटक नेपालभित्र नचल्ने गरी बन्द गर्ने नभई महँगा फोनबाट यसको सुरुवात गर्दै छौं,” अध्यक्ष खनालले अगाडि भने, “आईफोन १५ पछि अन्य फ्ल्यागशिप फोनहरूलाई समेट्छौं ।”

प्राधिकरणले यहि ४ कात्तिकमा एक सूचना निकाल्दै एमडीएमएसमा दर्ता नभएका मोबाइल १५ दिनपछि नचल्ने जानकारी गराएको थियो ।

उक्त प्रणालीमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारिसकेको छ । त्यसो त यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन । सोही सन्दर्भका कारण कतिपयले अझै पनि दर्ता नभएका मोबाइल नचल्ने प्राधिकरणको सूचनालाई गम्भीरताका साथ लिने गरेका छैनन। -टेक पाना

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो