Awareness

गुल्मीमा भोलि देखि महोत्सव सुरु, ओझेलमा परेको उपल्लो तम्घास भेग चर्चामा (भिडियो सहित)



प्रेम सुनार
१ महिना अगाडि


       

Place for ads

गुल्मी: पहिलो पटक गुल्मीको सदियौँ पुरानो शक्तिपिठलाई व्यापक प्रचारप्रसार गर्नेगरी यहि कार्तिक १५ गते देखि २५ गते सम्म प्रथम ऐतिहासिक गुल्मी महोत्सव सुरू हुन गइरहेको छ।

पश्चिम नेपालकै सबैभन्दा पुरानो शक्तिपिठ मानिएको स्थान हो सदरमुकामको उपल्लो तम्घास खालाकाचौर स्थित तम्घासस्थान मन्दिर। जुन मन्दिर मात्रै होईन सदरमुकाम भित्रैको त्यो क्षेत्रको विकास नै ओझेलमा पर्दै आएको छ।

Get Vaccinated

त्यसर्थ आयोजक गुल्मी उद्योग संघले सोही स्थानमा महोत्सव राखेर तम्घासस्थान मन्दिरलाई व्यापक प्रचारप्रसार गर्न गइरहेको छ ।

महोत्सवको पुर्वसन्ध्यामा आयोजकले सोही मन्दिर परिसरमा मंगलबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

संघका महासचिव सुर्दशन खनालले जिल्लाका पत्रकारहरूले दैनिकी जसो समाचार लेखेर आफुहरूको उदेश्य महोत्सव सुरू नहुँदै पूरा भएको महसुस गराएको र आफुहरूलाई निकै उत्साहित पारेको बताउनुभयो।

महोत्सवको तयारी बारे जानकारी दिदैं अहिलेसम्म गुल्मी सम्पन्न भएका महोत्सवहरूमा भन्दा बढि स्टल राखिएको र त्यसमा पनि स्थानीय उत्पादनलाई बढवा दिईएको बताउनुभयो।

Awareness by SKF

३ सय स्टल बुकिङ भइसकेका छन् । थप स्टलका लागि माग बढेको छ । उहाँले भन्नुभयो, आजसाँझसम्म थप २० वटा थप्छौं होला ।

३० प्रतिशत सौलियतमा ५० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्टाईएको उहाँले जानकारी दिनुभयो । महोत्सवको तयारीका शिलसिलामा आफुहरू काठमाडौ, बुटवल लगायतका ठुला शहरमा रहेका गुल्मीहरूसँग भेटघाट गरेको उहाँहरूबाट भरपुर सहयोग हुने आत्मशिश्वास जागेको , त्यस्तै गरि गुल्मी जिल्लाका १२ वटै पालिकामा पुगेर उहाँहरूलाई सहआयोजकका रूपमा साथ पाईएको जिल्लाका सबै संघसंस्था सरकारी कार्यालयहरूले पनि सहआयोजककै भूमिका खेलिरहेको उहाँको दाबि छ ।

उदघाटन शत्रको प्रमुख आकर्षक रेसुंगा नगरपालिकाका मेयरखिलध्वज पन्थी हुने ,कलाकारहरूमा पनि गुल्मीकै बैकुण्ठ महत, रामचन्द्र चन्द, आकर्षक हुने र स्थानीय कलाका रूपमा जिल्लामै एक मात्र महिला समुहले बजाउने नौंमति बाजा अर्को प्रमुख आकर्षक हुने उहाँले बताउनुभयो ।

उद्घाटन शत्रको पुर्व सन्ध्यामा भोलि उपल्लो तम्घासबाट खानिगाउँ, बाख्रेछेडा, हुँदै नयाँबजार तर्फ लागिने , स्थानीय भजनकिर्तन, अन्य नौमति बाजा, विभिन्न झाकी, प्रभातफेरीमा हुने उहाँले बताउनुभयो ।

COVID-19

बसपार्करू तल बजारमा भएकाले बजारबाट महोत्सव स्थलसम्मका लागि निशुल्क आवतजावत बस सेवा उपलब्ध गरनईएकाले पनि महोत्सवमा व्यापक सहभागिता हुने आयोजको अपेक्षा छ ।

यश अघिको महोत्सवमा आफुहरूले नै आयोजना गरेको महोत्सवमा ८३ हजार मानिसहरूले महोत्सव हेरेका थिए । भुसालले भन्नुभयो, यसपालि हामी एकलाख मानिसहरू उतार्ने लक्ष्य लिएका छौं ।

यस्तै आयोजकले महोत्सव अवधिभर करिब ६० करोड कारोबार हुने लक्ष्य लिईएको छ ।

प्राप्त मुनाफाबाट सामाजिक क्षेत्रमा के काम गर्नुहुन्छ भन्ने प्रश्नमा भुसालले भन्नुभयो, हामीले मुनाफा लिन महोत्सव गरेका होइनौं । पहिलो कुरात तम्घासस्थान मन्दिर क्षेत्रलाई चिनाउनु, औद्योगिक क्षेत्रको विकास गर्न, त्यस्तै रेसुंगा नगरपालिकाको जाउँ हिड रेसुंगा अभियानलाई सफल पार्नुहो । तै पनि बचेछ भने तम्घासस्थान मन्दिरलाई केहि सहयोग गर्नेछौं । र बाँकी रह्यो भने गुल्मी उद्योग संघको कार्यालय छैन, कार्यालय स्थापना गर्नेछौं ।

महोत्सवको मुख्य प्रायोजक नेशनल प्यनथल्याब सहप्रयाोजक सिजि मोटर्स बुटवल, लगायत रहेका छन् ।

सहप्रायोजकका रूपका रेसुंगा नगरपालिकाको जाउँ हिडे रेसुंगा अभियान रहेको महासचिव खनालले जानकारी दिनुभयो ।

उदघाटन शत्रको पहिलो दिन गुल्मीको उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिनेछ।

त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर।गुल्मीमा दुग्ध उत्पादन अभियान छेड्ने पूर्व सांसद कमलराज श्रेष्ठ,त्यस्तै पहिलो पटक तम्घासमा होटल सञ्चालन सुरू गर्ने र अहिले ९३ वर्षको उमेरसम्म पनि शाहाकारी सापकोटा भोजनालय सञ्चालन गर्ने हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेर तत्कालीन र हालका पनि प्रधानमन्त्री प्रचण्डलाई गुल्मी झिकाउन सक्ने समाजसेवीका रूपमा अशोक थापालाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

संघका उपाध्यक्ष जनक पन्तका अनुसार गुल्मीका ६८ जना कलाकार हुनेछन् भने जम्मा २३ जना अन्य जिल्लाका कलाकार हुनेछन् ।

अध्यक्ष भुसालले खास गुल्मी र यहाँको महोत्सव के हो भन्ने चिनाउने गरि आयोजना गरिएको र दशै मान्न आउनुभएका विद्यार्थीहरू एक जना नछुटि आफ्ना अभिभावकलाई लिएर महोत्सवको अवलोकन गर्न आम गुल्मेली र छिमेकी जिल्लाका अभिभावकलाई अपिल गर्दछु, अध्यक्ष भुसालले भन्नुभएको ।

महोत्सवलाई उपल्लो तम्घास बासिले ठुलो प्रतिष्ठा र महिमाका रूपमा ग्रहण गरेका छन् ।

उपल्लो तम्घासको प्रत्येक घरघरबाट महिलाहरू महोत्सव स्थल सिङ्गारपटारमा लागेका छन् । माला उन्ने र दुना टपरी फुट्नेहरूको भ्याइनभ्याई देखिन्थ्यो ।हालसम्म सदुपयोग गर्न नसकिएको खालाकाचौर बेहुली सिङ्गारिझै देख्दा र महोत्सव स्टलहरू नियाल्दा अब तम्घासको विकल्प तमघासको खाल्डो मात्रै रहेन ।

तम्घासलाई अहिलेको स्थानमा ल्याउन लागि परेका तर आफुहरू बत्ती मुनिको अध्योरो जस्तै बनेका उपल्लो तम्घास बासि र उपल्लो तमघास पनि विकल्प रैछभन्ने कुरा यसपालिको महोत्सवले स्पष्ट पारेको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →