Smoking Causes Cancer

गुल्मीमा एक फरार प्रतिवादी पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे सहजीकरणमा सन्धिखर्कबाट गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ का सुजन भन्ने ओमबहादुर नेपालीलाई पक्राउ गरिएको हो।

उनलाई गुल्मी जिल्ला अदालतबाट किर्ते सम्बन्धी कसूर र नागरिकता सम्बन्धी कसूर मुद्दामा १८ पुुस २०७९ मा दुई बर्ष कैद र पन्ध्र हजार पाच सय पचास जरिवाना तोकिएको थियो । तर, उनी त्यसयता फरार थिए । फरार भएका प्रतिवादी नेपालीलाई खोजतलास गर्ने क्रममा आइतबार पक्राउ गरि गुल्मी जिल्ला अदालत मार्फत जिल्ला कारागार गुल्मी चलान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पक्राउ परेका नेपालीले अब दुई वर्ष कैद भुक्तान र पन्ध्र हजार पाच सय पचास रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो