Clean Water Campaign

Awareness Campaign

गुल्मीमा प्रहरीलाई कुटपिट, १२ जना पक्राउ



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा दुई दिन अघि प्रहरी माथि सर्वसाधारण जाई लागेको घटना गुपचाप पार्न खोजिएको छ।

दुई दिन अघि जिल्लाको मालिका गाउँपालिका-४, अर्खबाङ्ग, ठुलाचौर स्थित सरायँ नाचमा सर्वसाधारण बिच झगडा मिलाउन पुगेका प्रहरीलाई स्थानीय जाई लागेको कुरा गुपचाप पारिएको हो। स्थानीयको आक्रमणमा दुई जना प्रहरी घाइते भएको बताईन्छ।

त्यस घटनालाई मध्ये नजर गर्दै हिजो अर्जैको सरायमा थप झडप हुने अनुमान गरेर त्यस सराय नाचमा नेपाल प्रहरीका डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मी ‌परिचालित थिए। डिएसपी डिल्लिनारायण पाण्डे विद्यालय परिसर भित्र थिए।

Forest
Forest
Ad.

हामी गएर भेट्दा ‘मैले त्यस घटनाको पुष्टि गर्न मिल्दैन’ भने। मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले भने आफ्नै आँखा अगाडी त्यो घटना भएको बताए। जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधान सङ्ग अहिले भर्खर बुझ्दा त्यस दिन उक्त घटना भएको र १२ जना पक्राउ परेको जानकारी दिए तर नाम विवरण प्राप्त भएको छैन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →