Hi-Speed Computer

Awareness Campaign

मुसिकोट नगरस्तरीय पुरुष/महिला भलिबल समूह निर्माण, को-को परे समूहमा?



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय पुरुष/महिला भलिबल समुह निर्माण गरेको छ। नगर खेलकुद विकास समितिले पालिका भित्र रहेका भलिबल खेलाडीहरुबीच एक आपसमा प्रतिष्प्रधात्मक खेल सम्पन्न गरी उत्कृष्ट खेलाडी छनौट गरेको हो।

असौज १० गते सम्पन्न नगर खेलकुद विकास समितिको बैठकले नगरस्तरीय भलिबल समुह निर्माण गर्ने निणर्य गरेको थियो । सोही बमोजिम नगरपालिकाले खेलाडी छनौटका लागि आवेदन माग गरेको थियो । जसमध्ये ४० जना पुरुष खेलाडी र २४ जना महिला खेलाडीले आवेदन दिएका थिए । प्राप्त आवेदनका आधारमा २ दिनसम्म ग्वादिकाचौरमा आन्तरिक रुपमा प्रतिष्प्रधात्मक खेलहरु सम्पन्न गरी खेलाडी छनौट गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति निर्माण गरिएको थियो । नविन छन्त्याल, राजेश रायमाझी, मदन पचभैया र विरबल गुरुङ सदस्य रहेको उक्त समितिले खेलाडी छनौट गरेको हो।

Forest
Forest
Ad.

छनौट भएका खेलाडी मध्ये पुरुष भलिबल समुह तर्फ राजन विश्वकर्मा, सागर रसौली, अशोक बि.क, आशिष सुनार, तेज बहादुर भर्ताल, सन्दिप बि.क, लक्ष्मण बि.क, सुदिप रायमाझी, दिपेन्द्र माझी, हिमाल दर्जी, सुचन रायमाझी र विराज जि.सी रहनुभएको छ । त्यस्तै वैकल्पिक खेलाडी तर्फ सागर बि.क, दुर्गा बहादुर विष्ट र सागर बुढाथोकी छनौट हुनुभएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो।

यता महिला भलिबल समुह तर्फ करिश्मा थापा, लेक कुमारी छन्त्याल, कोमली छन्तेल, करिना छन्तेल, जनिता कुमारी छन्तेल, लक्ष्मी घर्ती, दिपा रायमाझी, हरि कुमारी छन्तेल र शारदा रायमाझी छनौट हुनुभएको छ । त्यस्तै वैकल्पिक तर्फ समिरा राना, संगिता छन्तेल र नमुना बगाले छनौट हुनुभएको छ।

त्यस्तै पुरुष तर्फको समुहको कोचमा नवीन छन्त्याल, टिम म्यानेजरमा बिरबल गुरुङ तथा महिला तर्फको समुहमा टिम कोच राजेश रायमाझी र टिम म्यानेजर मदन पचभैया रहनुभएको छ।

छनौट भएका खेलाडीहरुले मुसिकोट नगरपालिकाको प्रतिनिधित्व गरी विभिन्न प्रतिष्प्रधामा सहभागीता जनाउनेछन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो