Smoking Causes Cancer

दरमखोलामा एक पुरुषको शव फेला



सागर भण्डारी
३ वर्ष अगाडि


Place for ads

मुसिकोट: गुल्मी र बागलुङ जिल्लाको सिमानामा पर्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ – बसेरी र गलकोट नगरपालिका ११ स्थित दरमखोला नदीमा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।

उनको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नरबहादुर मंगलबार बेलुकी देखि घरबाट हिँडेको परिवारले बताएका छन् ।

सिंचाई
Forest
Ad.

अहिले प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हरिचौर लगेको छ । उक्त स्थानमा स्थानीयहरु खोला तरेर वारपार गर्ने गरेका छन् ।

खोला तर्ने क्रममा मृतक कुमाललाई खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो