Smoking Causes Cancer

दरमखोलामा एक पुरुषको शव फेला



सागर भण्डारी
३ वर्ष अगाडि


Place for ads

मुसिकोट: गुल्मी र बागलुङ जिल्लाको सिमानामा पर्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ – बसेरी र गलकोट नगरपालिका ११ स्थित दरमखोला नदीमा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।

उनको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नरबहादुर मंगलबार बेलुकी देखि घरबाट हिँडेको परिवारले बताएका छन् ।

सिंचाई
Forest
Ad.

अहिले प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हरिचौर लगेको छ । उक्त स्थानमा स्थानीयहरु खोला तरेर वारपार गर्ने गरेका छन् ।

खोला तर्ने क्रममा मृतक कुमाललाई खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो