Awareness Campaign

ओझेलका खबर प्रभाव: झुपडीकी सुमित्रा पाण्डेलाई आयो पर्वतबाट दशैँ खर्च



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: ओझेलका खबर मिडिया मार्फत झुपडीको कथा हेरेर त्यस झुपडिकी सुमित्रा पाण्डेको परिवारलाई पर्वतका एक दम्पतीले दशैँ खर्च पठाउनु भएको छ।

पर्वतको बिहादी गाउँपालिका-२, बराचौर निवासी उमेश गिरी र श्रीमती नमुना पुरी गिरीले पाण्डे परिवारलाई दशैँ खर्च स्वरुप ५ हजार रुपैयाँ सहयोग पठाउनु भएको हो।

सम्बन्धित खबर: दशैँ ‘दशा’ जस्तै बनेको झुपडीको कारुणिक कथा [भिडियो रिपोर्ट सहित]

Forest
Forest
Ad.

उहाँले भन्नुभयो, ‘मेरो ससुराली गाउँ गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५, टाहटिम हो।’ गिरीले भन्नुभयो, ‘पाण्डे परिवारको बिचल्लीको कथा सुनेर मन खाएर थोरै भए पनि सहयोग गर्न मन लाग्यो र तपाईंको खातामा पाँच हजार पठाएको छु।’

त्यस्तै गुल्मीको सत्यवती गाउँपालिका-८, भार्सेका पुर्व वडाध्यक्ष सन्तकुमार थापा र श्रीमती दुर्पती थापाले एक हजार सहयोग पठाउदै हुनुहुन्छ। हामी त्यो रकम पुर्याउन रेसुङ्गा नगरपालिका-८, चिदिचौर जाँदा सुमित्रा पाण्डे आफन्तकोमा गएको छिमेकीले बताए।

छोराको विश्वास गर्न नसकी उहाँ आउने बेला सम्म पर्वतका परिवारको रकम खातामै सुरक्षित राखेका छौँ। रेसुङ्गा नगरपालिका-१०, सिमिचौर घर भई हाल दुबईमा कार्यरत कमला थापाले पनि पाँच हजार सहयोग घोषणा गर्नु भएको छ। प्राप्त हुना साथ हामी एकमुष्ट बुझाउने छौँ। सहयोगदाता सबैलाई ओझेलका खबर टिम हार्दिक धन्यवाद टक्राउछौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो