Salime Malika Krishi Farm

Awareness Campaign

धार्मिक आस्था जोगाउन जुटेका डाँसिकोटेहरु



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका वडा नं -९ स्थित खड्कभूमी कालिका मन्दिर यस क्षेत्रका स्थानीयहरुको प्रमुख धार्मिक आस्थाको धरोहर हो । स-साना समस्या पर्दा पनि उनीहरुले पहिले सम्झिने र पुकार्ने खड्कभूमी कालिका मन्दिर प्रतिको आस्थालाई टिकाईराख्न यतिबेला डाँसिकोटेहरु जुटेका छन्।

झण्डै २ सय वर्ष पहिला निर्माण गरिएको मन्दिरको भवन जिणर् भएपश्चात उनीहरुले सहयोग संकलन गरी अहिल ३ तले मन्दिर निर्माण गरेका छन् । समुदायकै सहयोग र लगानीमा निर्मित उक्त मन्दिरको निर्माणसंगै उद्घाटन र सोही अवसर पारेर धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवि लिला महोत्सव सम्पन्न भएको छ ।

देश विदेशमा रहेका र गाउँमै रहेका स्थानीयहरुले तन, मन र धन सबैले सक्दो सहयोग गरेर मन्दिर मात्रै निर्माण गरेनन् भव्य धार्मिक महोत्सव समेत सम्पन्न गरे । “हामीलाई केही समस्या परे खड्कभूमी कालिकालाई भाकल गरेमा पुरा हुन्छ, त्यसैले यसको महत्व ठुलो छ हाम्रो धार्मिक आस्थालाई जोगाईराख्न सुरु गरेको अभियान सफल भयो महोत्सवका परिकल्पनाकार एवम् संयोजक रामकृष्ण कंडेलले भन्नुभयो।”

सिंचाई
Forest
Ad.

उक्त कार्यक्रम सफल बनाउन ३८/३९ सालदेखि बसाईसराई गरेर गएका डाँसिकोटेहरु गाउँ फर्किए । परदेशमा रहेकाहरु फर्किए । खड्कभूमी कालिकाको महिमालाई बढाउन आफ्नो पुर्खाको आस्था जोगाउन डाँसिकोटेहरु घर फर्किए । कार्यक्रमकै लागि जापानबाट आउनुभएका एनआरएनए जापानका महासचिव टिकाराम खरेलले मन्दिर निर्माण देखि महोत्सवसम्म देश विदेशबाट आफु लगायत थुपै्र दाताहरुले सहयोग गरेको बताउनुभयो । परदेशमा रहेर घरदेशका आस्थाहरुलाई बचाउन र मन्दिरको ईतिहासलाई जोगाउन आफु आएको उहाँको भनाई छ।

घटस्थापना देखि सप्तमीसम्म सप्ताहव्यापी रुपमा चलेको महोत्सवमा धेरैले दिल फुकाएर सहयोग समेत गरे । महोत्सवमा भजन भागवत तथा कथावाचक भजन शिरोमणी पण्डित चेतराज कंडेलज्यूले झाकीमय कथा प्रवचन प्रस्तुत गर्नुभएको थियो । महोत्वसवमा दैनिक नृत्य पूजा, पाठपारायण एवम विविध अनुष्ठान, राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, सङ्गित तथा झाकिमय दिव्य देविकथा लगायतका कार्यक्रमहरु दैनिक रुपमा सञ्चालन भएका थिए।

महोत्सवबाट झण्डै ५० लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएको सचिव नरेशराज खरेलले जानकारी दिनुभयो । उक्त मन्दिर परिसरमा विवाह, पुजापाठ गर्न मिल्ने तथा ध्यान गर्ने आवास गृह सहित बगैचाहरु बनाउन आफुहरुको अबको योजना रहेको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो