तानसेन: रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाकाे घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देवचुली नगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल, र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
अन्दाजी साँझ ५ बजे भएकाे दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ । पर्यटकिय स्थल रानीघाट दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरबाट खोलामा खसेको हो । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खाेलामा खसेकाे हाे ।
रानीमहल घुम्नका लागि आएकाहरु दुर्घटनामा परेका हुन । रानीमहल घुमेर फर्कदै गर्दा उनीहरु सवार जीप व्रेक फेल भएर अनियन्त्रित भएर व्याक भएकाे थियाे ।
उद्धारमा कठिनाई भएको थियाे । तल खसेर जीप पानीमा डुवेकाे थियाे । प्रहरी र उद्दार टाेली घटना स्थल खाेलाबाट मृतक र घाईतेलाई निकालेका हुन ।
दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको र उनकाे स्वास्थ्य अवस्था पनि गम्भीर छ । मृतक र घाईते सबैकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ । स्थानीय वासिन्दाका अनुसार रानीघाटबाट फर्कदै गर्दा वैकुण्ठेकाे उकालाे काट्नै लाग्दा तानसेन तर्फबाट माेटर साईकल र केही गाडीहरु झर्दै गर्दा साइड दिने क्रममा ब्रेक फेल भए पछि जीप अनियन्त्रित भई तल झरेकाे हाे । जीप खाेलामा पुग्दा सम्म कही पनि पल्टी खाएकाे छैन । घाईते र मृतक सबै खाेलामै खसेका छन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |