Hi-Speed Computer

Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्च र मुसिकोट युवा क्लवको संयुक्त आयोजनामा सरायँ नाच प्रतियोगिता हुँदै



विष्णु प्रसाद आचार्य ‘चकित’
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: वामी -विश्व सम्पर्क मञ्च, नौमती साँस्कृतिक समिति (WWCF-९CC) र मुसिकोट युवा क्लव (MYC)को संयुक्त आयोजनामा सरायँ नाच प्रतियोगिता हुने भएको छ। गुल्मी मुसिकोट नगरपालिका-७, वामीटक्सारमा प्रतियोगिता गर्ने गरी तयारी गरिएको बताइएको छ।

विजया दशमीको पुर्णिमापछि द्वितीय तिथिको दिनमा आउदो कार्तिक १३ गते प्रतियोगिता गरिने सम्पर्क मंच नौमती सास्कृतिक समुहका संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो। बिस्तारै ओझेलमा पर्न लागेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका सास्कृतिक कार्यक्रम पुस्तान्तरण गर्नुपर्ने र बचाई राख्नुपर्ने भन्दै दुइवटा सस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको मंचका महासचिव हेमनाथ खरालले बताउनुभयो।

विगत केहिवर्ष अगाडिदेखि दशैको पुर्णिमाको पर्सीपल्ट कार्तिक कृष्ण द्वितीय तिथिको दिनमा एक वर्ष बिराएर गर्दै आइरहेको नौमती बाजासंग अबदेखि आलोपालो गरि एकवर्ष नौमती बाजा र अर्को वर्ष सराय नाच कार्यक्रम आयोजना गर्ने गरि तयारी थालिएको मञ्चले जनाएको छ।

Forest
Forest
Ad.

विशेष गरि सराय नाच मुसिकोट नगरपालिकाको वडानम्बर १ पौदिअमराइ,२ मुसिकोट,३ र ४ बडागाउ क्षेत्रमा अलिक बढी नाचिने तर वडानम्बर ५ आपचौर ,६ कुर्घा,७ वामीटक्सार,८ वामीमैदान र ९ अर्लांगकोट क्षेत्रमा कम नाचिने भएकोले हरेक वडामा ऐतिहासिक सराय नाचबारे जानकारी पुर्याउन नगरपालिकाको केन्द्र वामीटक्सारमा कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष बसन्त अधिकारीले बताउनुभयो।

ऐतिहासिक मुसिकोट दरबारको नामबाट नामाकरण भएको मुसिकोट नगरपालिकाको इतिहाससंग सराय नाचले महत्व राख्ने भएकोले र यसको महत्व बचाइराख्न यो कार्यक्रमले सहयोग पुराउने जानकारहरुले बताएका छन्।

विशेष गरि धार्मिक र सास्कृतिक क्षेत्रको रुपमा महत्व बोकेका सराय नाच,स्थानिय भजन,लाखे नाच लगायतका प्रस्तुति प्रस्तुत गरिने क्लवले जनाएको छ। सराय नाच प्रतिस्प्रधात्मक हुनेछ भने भजन र लाखे नाच सहभागितात्मक रुपमा प्रस्तुत गरिने र सहभागिताबापत प्रोत्साहन स्वरुप प्रति समूह २ हजार प्रदान गरिने बताइएको छ।

Awareness by SKF

त्यस्तै कार्यक्रममा कृषि प्रदर्शनी समेत रहने आयोजकले बताएको छ कृषि उपजको उत्कृष्ट स्टललाई पुरस्कृत गरिने क्लवका सहसचिव अनुप लाखेले बताउनुभयो।

प्रतिस्पर्धात्मक रुपमा संचालन हुने सराय नाचको लागि छ जनाको एक समूह हुनुपर्ने र प्रथम पुरस्कार बापत १५ हजार ५ सय ५५ ,द्वितीय पुरस्कार बापत १० हजार ५ सय ५५ तृतीय पुरस्कार बापत ५ हजार ५ सय ५५ र सहभागी सबै समुहलाई ३ हजार ५ सय ५५ प्रदान गरिने क्लवका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डेले जानाकारी दिनुभयो।

सरायँ नाच प्रतियोगीतामा सहभागी हुने प्रतियोगी समुह मुनपा (१-९) भित्रका कुनैपनि एउटा वडाभित्रका ६ जना हुनुपर्ने र पुर्णिमासम्म नाम दर्ता गर्नुपर्ने आयोजकले बताएको छ।
फोटो: अनिल खत्री

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो