Smoking Causes Cancer

मेलवर्न ज्ञान महायज्ञमा पाँच कराेडको सहयोग संकलन



कौरव खत्री
३ वर्ष अगाडि


Place for ads

गुल्मी: अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)को आयोजनामा दशैँको अवसरमा लगाइएकाे बृहत नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ मा दिनानुदिन राम्रो आर्थिक जुट्दै गएकाे छ।

“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी) लेसञ्चालन गरेकाे नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ काे सातौं दिनसम्म अष्ट्रेलियन डलर ५ लाख,५० हजार डलर अर्थात नेपाली रूपैयामा झन्डै ५ कराेड आर्थिक सहयोग संकलन भएकाे अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

साथै ज्ञान महायज्ञ सप्ताहकाे सातौंदिन पनि सप्ताहमा चन्दादाता सम्मान,कथा बाचन, कलाकारहरूद्वारा भजन किर्तन, झाकी प्रस्तुत गरिएकाे केन्द्रका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

साथै गत असाेज २८ गतेदेखि शुरू गरिएकाे ज्ञान महायज्ञ यहीँ कार्तिक ७ गतेसम्म सञ्चालन हुने जनाइएकाे छ । अष्ट्रेलियाकाे मेलवर्न १०० डन्कन्स लेन, डिगर्स रेस्ट स्थित आफ्नै जग्गामा ज्ञान महायज्ञ सप्ताह भाग २ चलिरहेको छ।

साथै महायज्ञ दैनिक हप्ताको सोमवार देखि शुक्रवारसम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म एवंम् शनिवार र आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म ज्ञान महायज्ञ सप्ताह हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै आरती समय भने साँझ ७ः३० बजेकाे रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो