गुल्मी: गुल्मीको उजुङ्गकोटमा रहेको नेपाल टेलिकमकको टावरले केहि दिन यता काम नगरेपछि स्थानीयवासी नेटवर्क विहिन भएका छन। इस्मा गाउँपालिका-१ स्थित उजुङ्गकोटको टावरले त्यस वडा, वडा नम्बर २ र पारि मुसिकोट नगरपालिका-२ र ३ को निस्तेखोला वारका जनताले नेटवर्क सुविधा लिन्छन।
अघि पछि पनि त्यहाँको टावरले खासै काम नगरेपछि मुसिकोट दरबारमा टेलिकमको टावर राख्ने माग गरिएको छ। मुसिकोटका स्थानीयवासी टेकहरि फुल्देलले भने, ‘त्यहि टावरले केहि दिन यता काम नगरेपछि हिजो तम्घास स्थित टेलिकमका हाकिमलाई गएर भन्दा पनि सुनुवाइ भएन, भन्दिनु पर्यो। दशैँको बेला दुःख पाईयो।’
नेपाल टेलिकम गुल्मी शाखा प्रमुख रुकमाङ्गत सापकोटाको ध्यानाकर्षण गराउदा अहिले नै आफुले मान्छे पठाएर मर्मत गराउन लगाउने बताए। उनले मुसिकोटमै टावर राख्ने माग आफुले लेखेर माथि पठाएको जानकारी दिए।
कमेन्ट गर्नुहोस्