Awareness

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन: मौसमविद



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: यसपालिको दशैँ घमाइलो हुने भएको छ। दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो। उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ ।

तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ । बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ।

Get Vaccinated

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो