Salime Malika Krishi Farm

Awareness Campaign

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन: मौसमविद



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: यसपालिको दशैँ घमाइलो हुने भएको छ। दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो। उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ ।

तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ । बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो