Awareness

Get Vaccinated

राष्ट्रपतिबाट आममाफी पाएको १ महिना नहुँदै महिलाको हत्या गर्यो लोकबहादुरले



ओझेलका खबर संवाददाता
९ महिना अगाडि


Place for ads

रुकुम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको सत्कार होटेलमा महिला मृत फेला परेको घटनामा संलग्न भएको भन्दै प्रहरीले बुधबार एक पुरुषलाई सार्वजनिक गर्यो।

प्रहरीले मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ वर्षिया भावना विकको हत्यामा संलग्न भएको भन्दै प्रहरीले सानीभेरी गाउँपालिका ३ घर भई हाल सानीभेरी गाउँपालिका वडा नम्बर ९ बस्ने लोकेन्द्र विक भनिने लोकबहादुर विकलाई सार्वजनिक गरेको छ ।

उनले हत्या गरेको स्वीकार गरेको समेत जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उनलाई आफैले सञ्चालन गरेको सिम्लीको होटेलबाट प्रहरीले हिजो पक्राउ गरेको थियो । लोकबहादुर यसअघि नै कारागार चलान भइसकेका व्यक्ति हुन् । उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए ।

तर उनले ६ महिना कैद भुक्तान गर्दै गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि रिहा भएका थिए । भावना र लोकबहादुरका बिचमा कारागारमै समेत भेट भएको प्रहरीले खुलाएको छ । भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको पनि डिएसपी भट्टराईले जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो