Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर १ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ८२ बर्षिय बृद्ध कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिनुभयो ।

पराल्मीको टानेटादेखि टापु जाने मोटरबाटो सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर सुनारको घटनास्थलमै मृत्यु भएको हो । अहिले शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको । घटनामा संलग्न डोजर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो