गुल्मी: गुल्मीमा दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ८२ बर्षिय बृद्ध कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिनुभयो ।
पराल्मीको टानेटादेखि टापु जाने मोटरबाटो सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर सुनारको घटनास्थलमै मृत्यु भएको हो । अहिले शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको । घटनामा संलग्न डोजर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |