Clean Water Campaign

Awareness Campaign

गुल्मी छत्रकोटले जगायो दशैं झारा प्रचलन



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: दशैं चाड भित्रिन लाग्दा गाउँबासि झारा लागेर ( जनश्रमदान जुटेर ) सार्वजनिक स्थान सरसफाई र बाटोघाटो खन्ने हामी नेपालीहरुको मौलिक प्रचलन हो । तर अहिले थियो भन्ने अबस्था छ । झारा लागेर बाटो खन्ने र मठमन्दिर , चौतारा सरसफाईमा अहिलेको पिडि जुट्नै छाडेको अबस्था छ । तर गुल्मीको छत्रकोट गाउँपालिकाले त्यो प्रचलनलाई निरन्तरता दिन टोल टोलका युवाहरुलाई सङ्ग्ठित गरेर परिचालन गरेको छ ।

त्यस पालिका अध्यक्ष रामप्रसाद पाण्डेले सार्वजनिक स्थलको संरक्षण गर्ने जुन प्रचलन थियो त्यो हराई सकेकोले आफुहरुले भर्खर शुरु गरेको बताए । टोल बिकास समिति गठन गरिब गोरेटा बाटाहरु खन्ने , चौतारि , मठ-मन्दिर सेरोफेरोका झाडिहरु फाड्ने र सजाउने काम यसपालिको दशैमा भईरहेको पाण्डेले बताए ।

Forest
Forest
Ad.

त्यसपालिका – दौघा स्थित राधा कृष्ण टोल विकास समितिको सक्रियतामा त्यहाँको मठ-मन्दिर र चौतराहरु नेपाली सेनाको ब्यारेक जस्तै गरेर सजाईएको दृश्यले अन्य स्थानका जनतालाई पनि प्रेरित गर्दछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →