Clean Water Campaign

Awareness Campaign

डाँसिकोटमा धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवी लिला महोत्सव जारी



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ डाँसिकोट स्थित खड्कभूमी कालिका मन्दिरमा जारी धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवि लिला महोत्सव दोश्रो दिनका कार्यक्रम सम्पन्न भएका छन्।

आईतबार देखि सुरु भएको महोत्सव कार्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दोश्रो दिनको कार्यक्रममा समाजसेवी माधव खरेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले डाँसिकोट धार्मिक दृष्टिले विगत देखि नै पवित्र स्थान रहेको भन्दै महोत्सवले उक्त गरिमा अझै बढाएको बताउनुभयो।

झण्डै २ सय वर्ष पुरानो जिर्ण मन्दिरको नयाँ मन्दिर भवन निर्माणको समुद्घाटन संगै मुर्ति पुर्नस्थापनाको अवसर पारेर आयोजना गरिएको महोत्सवमा विभिन्न स्थानबाट श्रद्धालुहरु पुगेका थिए।

Forest
Forest
Ad.

महोत्सवमा भजन भागवत तथा कथावाचक भजन शिरोमणी पण्डित चेतराज कंडेलज्यूले झाकीमय कथा प्रवचन प्रस्तुत गर्नुभएको थियो । महोत्वसवमा दैनिक नृत्य पूजा, पाठपारायण एवम विविध अनुष्ठान राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, सङ्गित तथा झाकिमय दिव्य देविकथा र आरती लगायतका कार्यक्रमहरु चलिरहेका छन् ।

महोत्सव मुल समारोह समिति अध्यक्ष रामकृष्ण कंडेलले भोलि देखि नियमित कार्यक्रमसंगै भवन निर्माण र महोत्सवलाई सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहने बताउनुभयो ।

स्थानीयले सहयोग संलकन गरेर झण्डै ४५ लाख रुपैँयामा निर्माण गरेको मन्दिर संगै अब आवास गृह सहित मन्दिरको थप व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन गरिएको छ । महोत्सव सञ्चालनका लागि झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको र बाँकी बचत भएको रकमबाट आवास गृह, होमन कुण्ड लगायत मन्दिर व्यवस्थापनका लागि खर्च गरिने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नरेशराज खरेलले बताउनुभयो । अहिलेसम्म महोत्सवकै लागि देश विदेशबाट झण्डै ४० लाख बोल रकम संकलन भएको समेत उहाँको भनाई छ ।

यज्ञबाट आध्यात्मिक र धार्मिक जागरण समेत गराउने उद्धेश्य महोत्सवको रहेको यज्ञ सम्पादन समिति संयोजक टिकाराम खरेलको भनाई छ । मन्दिर व्यवस्थापन अध्यक्ष तारा प्रसाद कंडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक टिकाराम खरेलले गर्नुभएको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो