अर्घाखाँची सम्वाददाता: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी अर्घाखाँचीको सातौ पूर्ण बैठक विभिन्न निर्णयका साथ सन्धिखर्कमा सम्पन्न भएको छ ।
पार्टी जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता , पार्टी केन्द्रीय कमिटीका सचिब , लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्व कृषि मन्त्री हरि पराजुलीको प्रमुख आतिथ्यता , पार्टी केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज पिताम्बर सारु र पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तारापती भट्टराईको आतिथ्यतामा सम्पन्न बैठक सम्पन्न भएको हो ।
लअध्यक्ष चौहानद्वारा बैठक समक्ष प्रस्तुत आगामी राजनीतिक , साङ्गठानिक तथा आर्थिक कार्ययोजनालाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
बैठकले पार्टीको तर्फबाट जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने जिम्मेवारी अध्यक्ष चौहानलाई प्रदान गरेको छ भने अनेरास्ववियू जिल्ला इन्चार्जको जिम्मेवारी नारायण शर्मा र युवा संघ , नेपालको जिल्ला इन्चार्जको जिम्मेवारी पुष्पा भाटलाई प्रदान गरेको छ ।
बैठकमा अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका अध्यक्ष / इन्चार्ज लगायतका कमरेडहरुले आ – आफ्नो पालिकाको राजनीतिक एवं साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला कमिटीका उपाध्यक्ष सुमित्रा मुखियाको स्वागत मन्तव्य र सचिब युवराज पौडेलको संचालनमा सम्पन्न बैठकले महान पर्वहरु विजया दशमी , शुभ दिपावली , छ्ठ र नेपाल संवतको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा , दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |