Salime Malika Krishi Farm

Awareness Campaign

एकीकृत समाजवादी अर्घाखाँचीको बैठक सम्पन्न 



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अर्घाखाँची सम्वाददाता: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी अर्घाखाँचीको सातौ पूर्ण बैठक विभिन्न निर्णयका साथ सन्धिखर्कमा सम्पन्न भएको छ ।

पार्टी जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता , पार्टी केन्द्रीय कमिटीका सचिब , लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्व कृषि मन्त्री हरि पराजुलीको प्रमुख आतिथ्यता , पार्टी केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज पिताम्बर सारु र पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तारापती भट्टराईको आतिथ्यतामा सम्पन्न बैठक सम्पन्न भएको हो ।

लअध्यक्ष चौहानद्वारा बैठक समक्ष प्रस्तुत आगामी राजनीतिक , साङ्गठानिक तथा आर्थिक कार्ययोजनालाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

सिंचाई
Forest
Ad.

बैठकले पार्टीको तर्फबाट जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने जिम्मेवारी अध्यक्ष चौहानलाई प्रदान गरेको छ भने अनेरास्ववियू जिल्ला इन्चार्जको जिम्मेवारी नारायण शर्मा र युवा संघ , नेपालको जिल्ला इन्चार्जको जिम्मेवारी पुष्पा भाटलाई प्रदान गरेको छ ।

बैठकमा अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका अध्यक्ष / इन्चार्ज लगायतका कमरेडहरुले आ – आफ्नो पालिकाको राजनीतिक एवं साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला कमिटीका उपाध्यक्ष सुमित्रा मुखियाको स्वागत मन्तव्य र सचिब युवराज पौडेलको संचालनमा सम्पन्न बैठकले महान पर्वहरु विजया दशमी , शुभ दिपावली , छ्ठ र नेपाल संवतको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा , दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो