Clean Water Campaign

Awareness Campaign

डाँसिकोटमा आजदेखि धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवि लिला महोत्सव हुँदै



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ डाँसिकोट स्थित खड्कभूमी कालिका मन्दिरको नवनिर्मित भवन उद्घाटन तथा धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवि लिला महोत्सव आज (आईतबार) देखि सुरु हुँदैछ।

महोत्सवको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तैयारी पुरा भएको जनाएको छ । असौज २८ गते आईतबार देखि कार्तिक ४ गतेसम्म हुने महोत्सवको सम्पूणर् तैयारी पुरा भएको मूल समारोह समिति संयोजक रामकृष्ण कडेंलले जानकारी दिनुभयो ।

झण्डै २ सय वर्ष पुरानो जिणर् मन्दिरको नयाँ मन्दिर भवन निर्माणको समुद्घाटन संगै मुर्ति पुर्नस्थापनाको अवसर पारेर आयोजना गरिएको महोत्सवको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । बसाइँसराईले रित्तिदै जान थालेको डाँसिकोटबाट देश विदेशमा रहेका महानुभावहरुलाई समेत जमघट गराउने उद्धेश्यले पुर्नमिलन महोत्सव नाम दिईएको कंडेलले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

महोत्सव अवधिभर भजन भागवत तथा कथावाचक भजन शिरोमणी पण्डित चेतराज कंडेलज्यूबाट झाकीमय कथा प्रवचन, नित्य पूजा, पाठपारायण एवम विविध अनुष्ठान राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, सङ्गित तथा झाकिमय दिव्य देविकथा सहित दाता सम्मान कार्यक्रम सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष ताराप्रसाद कडेंलले जानकारी दिनुभयो ।

स्थानीयले सहयोग संलकन गरेर झण्डै ४५ लाख रुपैँयामा निर्माण गरेको मन्दिर संगै अब आवास गृह सहित मन्दिरको थप व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन गरिएको छ । महोत्सव सञ्चालनका लागि झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको र बाँकी बचत भएको रकमबाट आवास गृह, होमन कुण्ड लगायत मन्दिर व्यवस्थापनका लागि खर्च गरिने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नरेशराज खरेलले बताउनुभयो । अहिलेसम्म महोत्सवकै लागि देश विदेशबाट झण्डै ४० लाख बोल रकम संकलन भएको समेत उहाँको भनाई छ ।

महोत्सव सफल बनाउन जापानबाट आउनुभएका अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक टिकाराम खरेलले आफु जन्मेको ठाउँको धार्मिक आस्थालाई बचाई राख्न आफु जस्तै विदेशबाट समेत अन्य साथीहरु समेत आउँदै गरेको भन्दै मन्दिर निर्माणसंगै महोत्सवलाई पनि विदेशमा रहनुभएका साथीहरुले सहयोग गरिरहनुभएको बताउनुभयो ।

यज्ञबाट आध्यात्मिक र धार्मिक जागरण समेत गराउने उद्धेश्य महोत्सवको रहेको यज्ञ सम्पादन समिति संयोजक टिकाराम खरेलको भनाई छ ।

Awareness by SKF

प्रचार विभाग प्रमुख प्रकाश खरेलको स्वागत मन्तव्य रहेको पत्रकार सम्मेलनको सञ्चालन अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक टिकाराम खरेलले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो