Awareness

Awareness Campaign

प्रथम मुसिकोट मेयर कप: जिल्लाकै सर्वाधिक राशिको पुरस्कार



सागर भण्डारी
१ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम मुसिकोट मेयर रनिङ कपको पुरस्कार राशि सार्वजनिक गरिएको छ ।

Forest
Forest
Ad.

कप अन्तर्गत यही कार्तिक २२, २३ र २४ गते खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुँदैछ । शनिवार नगरखेलकुद विकास समितिले उक्त कपको पुरस्कार राशि सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको पुरस्कार राशि अनुसार प्रथम पुरस्कार नगद रु १ लाख ५० हजार कप मेडल र प्रमाण पत्र रहेको छ । त्यस्तै द्धितिय पुरस्कार नगद रु १ लाख रुपैयाँ कप मेडल र प्रमाण पत्र रहेको छ ।

यो पुरस्कार राशि जिल्लामा अहिलेसम्म भएका भलिबल प्रतियोगीता मध्येकै सर्वाधिक राशिको पुरस्कार रहेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । खेलमा सहभागी हुने समुहले समुह ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको तैयारीका कार्यहरु समेत अगाडी बढेको खत्रीले बताउनुभयो । ग्वादिकाचौर खेल मैदानमा हुने प्रतियोगीतामा सहभागी हुन सम्पूणर् खेलाडी समुहलाई उहाँले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो