Clean Water Campaign

Awareness Campaign

वामीकोट मन्दिरमा १०३ केजीको घण्टा, खोडा र प्रवेशद्वारको उद्घाटन गरिँदै



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

मुसिकोट: मुसिकोट नगरपालिका वडा नं ८ वामीमैदानमा अवस्थित खड्क निशान देवी कोट मन्दिर (वामी कोट) मन्दिरमा १ सय ३ केजीको घण्टी राखिने भएको छ ।

कोट मन्दिरको केही दिन अगाडी मात्रै नवनिर्मित भवनमा देवी सारिएको थियो । विजया दशमीको अवसरमा नवरात्रीभर हुने विभिन्न कार्यक्रमहरुको पनि तैयारी भईरहेको बेला विभिन्न सहयोगीदाताहरुको सहयोगमा मन्दिरमा घण्टा राख्न लागिएको वडा नं ८ का पूर्ववडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो ।

यही कार्तिक ४ गते फुलपातीको दिन उक्त घण्टा सहित खोडा हस्तान्तरण र कोट मन्दिरको प्रवेशद्धार उद्घाटन गर्ने कार्यक्र रहेको उहाँले बताउनुभयो । स्व. मणिरत्न घिमिरेको स्मृतीमा धर्मपत्नी डिलादेवी घिमिरे तथा छोरा र सपरिवारद्धारा कोटलाई १०३ केजीको घण्टा सहयोग गर्नुभएको हो । उक्त दिन सो घण्टा हस्तान्तरण गरिने बताईएको छ ।

Forest
Forest
Ad.

त्यस्तै मुसिकोट नगरपालिका वडा नं ८ निवासी स्व. हरिलाल सापकोटा र बुद्धिकला सापकोटाको स्मृतीमा छोराहरु कृष्ण र सुदिप सापकोटाले निर्माण गरिदिनुभएको कोट मन्दिरको प्रवेशद्धार समेत समुद्घाटन गर्ने कार्यक्रम रहेको सापकोटाले बताउनुभयो । समाजसेवी कृष्ण सापकोटाको परिवारबाट मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार निर्माणाधिन स्मार्ट पार्कमा हनुमान मुर्ति समेत स्थापना गर्नुभएको थियो ।

त्यस्तै वडानं ८ दाल्का दिगामी परिवारको सहयोगमा निर्मित खोडा हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रममा उपस्थित हुन सम्पूणर्लाई अनुरोध समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो