काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन्।
भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’
नेपालले आगामी प्रतियोगिताको रुपमा नेपालले हङकङ र युएईसँग अर्को साता देखी त्रिकोणात्मक टि २० आई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज पछि विश्वकप छनोट खेल्नेछ ।
सन्दीपमाथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । पटक-पटक विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाले सन्दीप निराश छन् ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |