Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा विप्लव नेतृत्वको नेकपाले मनायो स्मृति दिवस 



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी,  असोज २६: नेत्र विक्रम सी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दिवंगत सहयोद्धाको सम्मानमा स्मृति दिवस मनाएको छ। उनिहरुले सदरमुकाम तम्घासमा दिवस मनाएको हुन।

स्मृति दिवसमा बोल्दै नेकपा जिल्ला इन्चार्ज खोमा सीले पुरानो संस्कृति सामन्तवादको अर्थराजनीतिक अवशेष भएको बताएका छन् । उनले सामन्तवादका अवशेष र दलाल पुँजीवादी संस्कृति मिलेर हाइब्रीड संस्कृति बनेको बताउदै यसका विरूद्व कम्युनिस्ट संस्कृति जरुरी रहेकोे उद्घोष गरे ।

कार्यक्रममा जिल्ला सेक्रेटरी वसन्त सीले दिवंगत भएर गएका आफन्त एवं अग्रजहरूलाई सम्झिनुको अर्थ उनीहरूले गरेका सकारात्मक योगदानको अनुसरण गर्नु रहेकोे बताए ।

सिंचाई
Forest
Ad.

कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य बिनोद सीले गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू, जबस मोर्चाका नेताकार्यकर्ता, स्थानीय पार्टी सदस्य एवं संचारकर्मीहरूको उपस्थिति थियो । नेकपाले गुल्मीमा केन्द्रीय कार्यक्रम अनुसार सी संस्कृति अन्तर्गत स्मृति दिवस मनाएको थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो