Smoking Causes Cancer

मुसिकोट नगरपालिकाका मेयर र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा युवा संघ र नेपाल तरुण दलका युवाहरुले तालाबन्दी गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेन डाउनका कारण नगरपालिकाको प्रशाशनिक कार्य अस्तव्यस्त बनेको र राहतका कर्मचारीहरुले समेत काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नु परेको भन्दै तालाबन्दी गर्नुपरेको युवा संघ नेपाल गुल्मी जिल्ला ईन्चार्ज बसन्त अधिकारीले बताउनुभयो ।

युवा संघ र तरुण दलले संयुक्त रुपमा ६ बुँदे माग राख्दै तालाबन्दी गरेका हुन् । उनीहरुले नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा ढिलाई भएको भन्दै त्यसतर्फ आवश्यक कदम चालि तत्कालै काम सुचारु गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

सिंचाई
Forest
Ad.

नेपाल तरुण दल मुसिकोट नगर कार्यसमिति सभापति भिम पाण्डेले आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राख्ने बताउनुभयो ।

यस्ता छन् ६ बुँदे माग:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो