Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट युवा क्लबद्वारा मुसिकोटका सिमानाहरुमा सिमासुचक बोर्डहरु राखियो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य (चकित), मुसिकोट, गुल्मी: मुसिकोट युवा क्लबद्वारा मुसिकोट नगरपालिकाका सिमा नाकाहरुमा सिमा सुचक बोर्डहरु राखिएको छ।

अन्य जिल्ला, प्रदेश वा स्थानिय तहबाट मुसिकोट नगरपालिका भित्र प्रवेश गर्ने सिमानाहरुमा सिमा सुचक बोर्डहरु कतै भएको , कतै नभएको अवस्थामा मुसिकोट युवा क्लवको सकृयता र विभिन्न दाताहरुको सहयोगमा बोर्डहरु राखिएको क्लवका अध्यक्ष वसन्त अधिकारीले बताउनुभयो ।

क्लवले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउपालिकाको सिमाना पर्ने मुसिकोट नगरपालिका ५ आपचौरको तल्लाफाट, इस्मा गाउपालिका र मुसिकोट नगरपालिकाको सिमाना पर्ने मुसिकोट नगरपालिका ३ वडागाउमा बोर्ड राखिएको क्लवका वरिष्ठ उपाध्यक्ष खिमलाल पाण्डे९ अनुप० ले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

क्लवले लुम्बिनी प्रदेश गुल्मी जिल्ला मुसिकोट नगरपालिका र गण्डकि प्रदेश बाग्लुङ्ग जिल्ला बडिगाड गाउपालिका सिमाना छुट्याउने मुसिकोट २ मुसिकोटको राक्से र मुसिकोट ७ वामीटक्सार हाडिखोलामा पनि सुचक बोर्ड राखिएको क्लवका सदस्य कमल बरालले बताउनुभयो ।

अब केहि समयमै मुसिकोट नगरपालिका र मालिका गाउपालिकाको सिमाना छुट्याउने मुसिकोट १ पौदीअ्मराइ थाममा र लुम्बिनी प्रदेश , गुल्मी जिल्ला, मुसिकोट नगरपालिका र गण्डकि प्रदेश बाग्लुङ्गको गल्कोट नगरपालिका छुट्याउने सिमाना अर्लाङ्गकोटको लामाखेतमा सुचक बोर्ड राखिने क्लवले बताएको छ ।

सिमा सुचक बोर्डले यात्रुहरुलाइ यात्राको बारेमा जानकारी पाउनको लागि र जानकारी लिन खोज्ने जोसुकैको लागि सजिलो होस भन्ने उध्येश्यले बोर्ड राखेको बताइएको छ ।

गत शनिबार र आइतबार गरि ४ वटा सिमानाकाहरुमा बोर्ड राखिएको र बाकि २ ठाउमा छिट्टै राख्ने क्लवले जनाएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो