Smoking Causes Cancer

Awareness Campaign

निसीखोला गाउँपालिका अध्यक्ष सुर्य घर्तीलाई साढे ३ वर्ष कैद सजाय फैसला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाँजा मुद्दामा दोषी ठहर हुनुभएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसाला भएको छ।

गाउँपालिका अध्यक्ष घर्ती जिल्ला अदालत बागलुङको २०७९ पुस ३ गतेको फैसला चित्त नबुझेर ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गर्नुभएको थियो ।

उच्च अदालत पोखरा, बागलुङ इजलाशको आजको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ पर्नु भएको थियो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालिन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई उहाँकै घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइ’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्ती नेपाली काँग्रेसबाट निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । फैसलाको पूर्ण पाठ आउन बाँकी छ। -आदर्श अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो