Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका ६ वटा स्थानमा दशैं र तिहार लक्षित नागरिक सहायता कक्ष



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । जिल्लाको जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृङ्गा, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क गरि ६ वटा स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् । सहायता कक्षको स्थपाना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बसको चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले फूल माला लगाएर शुभारम्भ गरिएको हो ।

दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो । यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासे चेकजाँचलाई कढाइका साथ लैजाने प्रधानले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मुल्य तिनु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षवाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरीले गर्नेछ । चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने आचार्यले बताउनुभयो ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्नेछ । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ । नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो