Clean Water Campaign

Awareness Campaign

गुल्मी-काठमाडौँ उडान तालिका परिवर्तन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ। निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ।

रेसुङ्गा विमानस्थलबाट मङ्गलवारको दिन काठमाडौँ आउजाउ गर्ने यात्रुको सङ्ख्यामा कमी आएपछि निगमले त्यो दिनको तालिकालाई हटाएर बुधवार सारेको रेसुङ्गा विमानस्थलले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति दिएको छ ।

यसअघि निगमले मङ्गलवार रेसुङ्गा विमानस्थलबाट एक जना यात्रु लिएर काठमाडौँ आएको थियो । गुल्मीमा मङ्गलवारको दिन धेरै मानिस घरबाट लामो यात्रामा बाहिर ननिस्कने भएका कारण पनि स्थानीयको मनोभावनाअनुसार निगमले मङ्गलवारको ठाउँमा बुधवार सारेको हो ।

सिंचाई
Forest
Ad.

निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधवार बिहान साढे ६ बजे काठमाडौँबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । निगमले काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाडौँका लागि सात हजार ८० रुपैयाँ भाडा निर्धारण गरेको छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो