Awareness

भोलि मुसिकोटमा निःशुल्क मधुमेह परीक्षण शिविर हुने



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा निःशुल्क मधुमेह परीक्षण शिविर हुने भएको छ। लियो क्लव अफ गुल्मी सालिमेको आयोजनामा यही असौज १३ गते वडा नं ७ वामीटक्सार स्थित निर्माणाधिन स्मार्ट पार्कमा शिविर हुने भएको हो।

मधुमेह रोगका बारेमा समयमै जानकारी भए रोकथाम गर्न सकिने भएकाले मधुमेह सचेतना जगाउने उद्धेश्यका साथ मधुमेहको निःशुल्क रगत परिक्षण शिविर आयोजना गरिएको क्लवका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो । उक्त शिविरमा मधुमेह रोगबारे विभिन्न सचेतना समेत प्रदान गरिने उहाँको भनाई छ ।

Get Vaccinated

मधुमेह रोगबारे जानकारी नभएका र आर्थिक रुपमा कमजोर भई परीक्षण गराउन असमर्थ रहेका व्यक्तिहरुलाई प्राथमिकता दिई शिविर आयोजना गरिएपनि जुनसुकै व्यक्ति शिविरमा आएर आफ्नो रगत परिक्षण गर्न सक्ने क्लवका सचिव सुशान्त शाक्यले जानकारी दिनुभयो।

नियमानुसार मधुमेह रोगको परीक्षण खाना खानु अघि र खाना खाएपछि गरी दुई पटक गर्नुपर्ने भएकाले शिविरमा आउँदा खालि पेट आउन समेत क्लवले अनुरोध गरेको छ । शिविर बिहान ८ बजेदेखि सुरु हुनेछ ।

शिविरमा मेडिकल अधिकृत सहित अन्य स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परिक्षणका साथमा दक्ष जनशक्ति सहितको प्रयोगशाला व्यवस्थापन गरिएको क्लवका प्रशाशकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो ।

क्लवले शिविर सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न सहयोग अभियान समेत सञ्चालन गरेको छ। देश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुबाट सहयोग आउनेक्रम जारी रहेको काफ्लेले बताउनुभयो ।

Awareness by SKF

केही समय अगाडी स्थापना भएको क्ल्वले मुसिकोटमा सामाजिक उत्तरदायित्व र परोपकारी कार्य गर्दै आईरहेको छ । क्लवले स्थापना भएको केही दिनमै वामी बजार क्षेत्रलाई फोहोर व्यवस्थापनका निमिक्त बजारका विभिन्न स्थानमा डस्बिन राखेको थियो भने ठाउँ चिनाउने बोर्ड समेत राखेको थियो । त्यस्तै क्लवले सडक दुर्घटना कम गर्न सडक ऐना राख्ने, प्राकृतिक विपतमा परेकाहरुलाई आर्थिक सहयोग गर्ने, जाडो मौसममा न्यानो लुगा वितरण लगायतका थुप्रै महत्वपूर्ण कामहरु सम्पन्न गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो