Awareness

Get Vaccinated

प्रथम मुसिकोट मेयर रनिङ कप हुने



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगर खेलुकद विकास समितिको आयोजनामा प्रथम मुसिकोट मेयर रनिङ कप प्रतियोगीता आयोजना हुने भएको छ। यही कार्तिक २२, २३ र २४ गते मेयर रनिङ कप अन्तर्गत खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता हुने भएको हो।

मुसिकोट नगर खेलकुद विकास समितिको बुधबार बसेको बैठकले उक्त प्रतियोगीता गर्ने निणर्य सहित अन्य महत्पूर्ण निणर्य गरेको अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर खेलुकद विकास समितिले बार्षिक कार्ययोजना समेत निर्माण गरेको छ । मुसिकोट नगरपालिकाको खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनसंगै समग्र मुसिकोटको पहिचानका निमिक्त विभिन्न निणर्यहरु गरिएको खत्रीले बताउनुभयो ।

त्यस्तै सोही बैठकले बार्षिक रुपमा आयोजना हुँदै आएको नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता मसिंर २०-२२ गते गर्ने निणर्य गरेको छ । नगर खेलकुद विकास समितिले मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न विधाका खेलाडीहरुलाई छनौट गरी नगरस्तरीय खेलकुद समुह निर्माण गर्ने भएको छ ।

पहिलो चरणमा भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति समेत निर्माण गरिएको छ । जसको सदस्यहरुमा नविन छन्त्याल, राजेश रायमाझी, मदन पचभैया र विरबल गुरुङ रहनुभएको छ ।

तत्काल जिल्ला भलिबल संघले अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता आयोजना गरेको र नगर कपका लागि मध्यनजर गरेर भलिबल खेलाडी छनौट गर्न लागिएको अध्यक्ष खत्रीले बताउनुभयो । खेलाडी छनौट पश्चात कार्तिक १७-१९ सम्म तम्घासमा आयोजना हुने उक्त अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीतामा समेत सहभागीता जनाउने निणर्य बैठकले गरेको छ ।

त्यस्तै सोही बैठकले माघमा खेल प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने लगायतका अन्य महत्वपूर्ण निणर्य गरेको बताईएको छ ।

बैठकमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, योजना शाखा प्रमुख प्रकाश घिमिरे लगायत नगर खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो