Smoking Causes Cancer

Awareness Campaign

सन्धिखर्कमा नाबालिकालाई करणी गर्ने एक युवक पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर महत, अर्घाखाँची: अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने मालारानी गाउँपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गगां आधारभुत विद्यालय नजिकै रहेको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो। युवकलाई पक्राउ गरी आज मंगलबार करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए।

जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो