Awareness

गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन उडान सुरु



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान गर्न सुरु भएको छ। नेपाल एयरलाइन्सले यस अघि हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो।

मौसमको समस्याका कारण जेठको अन्तिमबाट उडान बन्द रहेको थियो । विमानस्थलबाट मौसममा सुधारआएसँगै भदौको अन्तिम साताबाट पुनः उडान शुरु भएको हो । नागरिक उड्डयन प्राधिकरणले हप्ताको २ दिन उडान गर्ने अनुमति दिएको थियो । तालिका अनुसार हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए।

Get Vaccinated

हिजो मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए । रेसुङ्ग विमानस्थलबाट भने १ जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताए । मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रू लिएर उडान गरेको उनको भनाई छ । मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने भएको छ।

गत शुक्रबार भने मौसम सफा नभएका कारण उडान अबरुद्ध भएको थियो । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः३० मा उडान गर्ने गरी समय निर्धारण गरेको छ।

काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दूई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ । विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर १० को सिमिचौरमा पर्दछ। सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्चीबाटो भएर विमानस्थल पुगिन्छ ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो