Awareness

Get Vaccinated

गुल्मी सहित ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालन हुने



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Place for ads

काठमाण्डौ: दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले असोज २१ गतेबाट सहुलियतपूणर् पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज बसेको बैठकले सहुलियतपूणर् पसल सञ्चालन गर्ने निणर्य गरेको मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्र ठाकुरले जानकारी दिनुभयो।

यस्ता पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने उहाँले बताउनुभयो । सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थानलगायतले खाद्यान्न, तेल, दाल, गेडागुडीलगायत बस्तु सहुलियतपूणर् मूल्यमा उपलब्ध गराउने उहाँले बताउनुभयो।

काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ नख्खु र सूर्यविनायक गरी उपत्यकाका ४ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । यी पसलमा चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँसम्म र कर्णालीको सिमीलगायत गेडागुडी, फापरको दाना, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ।

यस्तै, दुग्ध विकास संस्थानका एकीकृत पसललगायत लैनचौर, न्यूरोड र खुमलटारमा दुग्धजन्य पदार्थ छुटमा बिक्री हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा विक्री गर्नेछ । कर्पोरेसनले घुम्ती पसलमार्फत पनि घरघरमा उपभोग्य वस्तु पुर्‍याउने जनाएको छ।

यसका साथै उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंङ्गा, खोटाङ, सिराह, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो