Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा आईटिएफ तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुनेभएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरुले टेक्निकल सेमिनार गर्न लागेको जिल्ला आईटिएभ तेक्वान्दो संघ गुल्मीले जानकारी दिएको छ।

यही असोज २० गते जिल्लाको सदरमुकाम तम्घासस्थित इन्द्रेणी पार्टी प्यालेसमा तेक्वान्दोको टेक्निकल सेमिनार हुने संघका उपाध्यक्ष अजय बुढामगरले जानकारी दिए । उनका अनुसार, सेमिनारमा तेक्वान्दोमा नयाँ टेक्निकल विधिबाट खेल्नको लागि सहयोग पुग्नेछ।

सेमिनारमा आईटिएभ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापामगर आउनेछन् । उनले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरु सिकाउनेछन् । आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसको तयारी पुरा गरेको छ । सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरु सदरमुकाम तम्घासमा आउनेछन् । सेमिनार असोज २० गते एक दिन मात्र चल्नेछ । पत्रकार सम्मेलनमा आईटिएभ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले सेमिनारको बारेमा जानकारी गराएका थिए । आईटिएभ तेक्वान्दो संघ गुल्मीका सचिव अमृत रसाइलीले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए।

सिंचाई
Forest
Ad.

आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरु खेलाउने र राष्ट्रिय साथै अन्तराष्ट्रिय स्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुराएको छ । भने संघले तेक्वान्दो मार्फत गुल्मीको परिचयलाई माथि उठाउन पनि देन दिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो