Clean Water Campaign

Awareness Campaign

गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य सेवामा सर्वोत्कृष्ट घोषित



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: यस बर्ष जिल्लाका १२ वटा स्थानीय तह मध्ये छत्रकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट पालिका घोषणा भएको छ । शनिबार जिल्ला स्वास्थ्य कार्यालयले छत्रकोटलाई जिल्लाको उत्कृष्ट पालिकाका रुपमा घोषणा गरेको हो।

स्वास्थ्य सम्बन्धि जिल्ला स्तरिय समिक्षा गोष्ठीको दोश्रो दिन शनिवार समापन समारोहमा गत आर्थिक बर्षभर स्वास्थ्य सम्बन्धि प्रगति मुल्याङनमा उक्त पालिका घोषणा नहुनु अघि जिल्ला जनस्वास्थ्य अधिकृत पशसपति आचार्यले सोधे कुन पालिका होला यसपाली जिल्लाको उत्कृष्ट पालिका ? अनुमान गर्नु त ? भनेर सहभागिलाई पटक पटक सोध्धै गर्दा हलबाट एकै स्वरमा सहभागिले भने पक्कै पनि छत्रकोट गाउँपालिका होला । त्यस पछि आचार्यले सोही पालिकाले पाएको ९१.५६ नम्वर देखाउँदै छत्रकोटलाई उत्कृष्ट पालिका घोषणा गरे पछि हल तालिले गुञ्जायमान बनेको थियो ।

त्यस्तै आचार्य आर्थिक बर्ष २०७९ ÷०८० मा जिल्लाका वडा स्तरिय स्वास्थ्य संस्थाहरु मध्ये गुल्मीदरबार गाउँपालिका ४ को बिरबास स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य चौकी र जिल्लाभरका स्वास्थ्यकर्मीहरु मध्ये नेत्रप्रसाद पन्थी उत्कृष्ट कर्मचारी रहेको घोषणा गरे ।

Forest
Forest
Ad.

उत्कृष्ट पालिका , वडा र कर्मचारी घोषणा संगै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , उपाध्यक्ष साबित्रा ज्ञवाली , स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल , सिनियर अहेव सपना टण्डन, गुल्मीदरवारका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल , बिरबास स्वास्थ्यचौकी प्रमुख ईन्दु घर्ति मगर र उत्कृष्ट कर्मचारी नेत्रप्रसाद पन्थीलाई सम्मान गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी बिशिष्ट अतिथीहरुलाई छत्रकोट गाउँपालिकाले मायाको चिनो प्रदान गर्दै सम्मान प्रकट गरेको थियो । सहभागिको तर्फबाट गुल्मीदरबारका स्वास्थ्य शाखा प्रमुख नारायण , प्रमुख अतिथी खत्रीले बधाई दिएका थिए भने छत्रकोट गाउँपालिका अध्यक्ष पाण्डेल खशुी साटेका थिए ।

कार्यक्रममा अन्य विभिन्न अतिथीहरुले पनि शुभकामना राखो थिए । शुक्रबार देखि चलेको समिक्षा गोष्ठीमा १२ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र प्रतिनिधीहरुले आआफ्नो पालिकाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । अन्तिममा जनस्वास्थ्य अधिकृत आचार्यले जिल्लाभरको प्रतिवेदन प्रस्तुत गर्दै कतिपय विषय सन्तोषजनक रहेको र कतिपय सच्चाउन पर्ने बिषयमा शाखा प्रमुखहरुलाई सजग गराएका थिए।

स्थानीयतहको गठन पछि उत्कृष्ट पालिका घोषणा हुने छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सोही पालिका २ को पल्लीकोट स्वास्थ्य चौकीमा १८ बर्ष सम्म प्रमुख रहँदा साविक जिल्ला विकास समितिबाट पाँच पटक सम्म उत्कृष्ट स्वास्थ्यकर्मी र पल्लीकोटलाई उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा पुरस्कृत हुन सफल पारेका थिए भने अहिले सिंगो पालिकालाई नै उत्कृष्ट बनाउन सफल भएका छन । सपना टण्डन लगायतको उनको टिम पनि सशक्त रहेको कुरा पनि पालिका अध्यक्ष पाण्डेले चर्चा गर्दै धन्यवाद दिएका थिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो