Awareness

तीज सकियो, रमझम सकिएन



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी:  हरेक वर्षको तीज ऋषिपन्चमीको दिनदेखि विधिवत समापन हुने प्रचलन छ। गुल्मीमा भने तीज सकिएको २ दिन बित्दा पनि जनप्रतिनिधिहरुनै त्यसको रमझममा भुलेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा तीज सकिएको २÷३ दिन बितीसक्दा पनि त्यस सम्बन्धि कार्यक्रमहरु जारी छन् भने जनप्रतिनिधिहरु समेत साथ दिँदै रमझममा भुलेको देखिन्छ ।

तीज आउन एक महिना अघिदेखि दरखाने कार्यक्रमले जनप्रतिनिधि, कर्मचारी, शिक्षक विद्यार्थीले समय खर्चिए । आर्थिक रुपले पनि बोझिलो बन्न गयो । महिला समूह, सहकारी संस्था, अन्य संघ संस्थाले आफ्नो पूंजी मात्रै खर्चिएनन्, तिज कार्यक्रम गर्न क्लबहरुले देश विदेशसम्म चन्दा उठाउँदा ब्यक्तिले समेत रकम खर्चिनु पर्यो । जो जसले खर्चिए पनि फजुल खर्चको हानी राज्यलाई नै हो ।

Get Vaccinated

यसलाई रोक्ने नजिकको स्थानीय सरकार नै हो । तर त्यही सरकार नै संस्कृती संरक्षणका नाममा महिनौसम्मका यस्ता कार्यक्रमलाई बढवा दिन सक्रिय भयो । तीज सकिएपछिका दिनमा पनि स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु कर्माचारिहरु तीनै कार्यक्रममा खादा माला लगाएर दिन काटेको देखिन्छ ।

नागरिक समाज गुल्मीका अगुवा गुणानिधी शर्मा भन्छ्न ‘हरेक चाड–पर्वमा विधि विधानमा तोकिएका हरेक दिनको आ–आफ्नै महिमा हुन्छ्न । ती दिनको महिमा तोडेर गरिने कार्यक्रम मनोरञ्जनका लागि मात्रै हो । परम्परागत प्रचलन बदल्दै लगिएको छ, अझै बदल्दै जाँदा थाहा छैन, कहाँसम्म पुगिने हो ।’ यस विषयमा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले पनि चिन्ता व्यक्त गरे । ‘चाडपर्वलाई मितव्ययीताको सन्देश दिनु पर्ने स्थानीय सरकार नै भड्किलो संस्कृतीलाई प्रोत्साहित गर्नेतिर लाग्नु हुन्न ।’–उनले भने ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छ्न–‘एक महिना अघिदेखि दरखाने कार्यक्रम राखिनु भड्किलो खर्च मात्रै होईन, मौलिक संस्कृती माथिको हमाला पनि हो ।’ कालिगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा यसलाई बिकृतिका रुपमा लिन्छ्न । चाड पर्वहरु मित्तव्ययी बनाउन स्थानीय सरकारले नीति बनाउन र जनचेतना छर्नु पर्ने जरुरी भएको बुद्धिजिविहरुको सुझाव छ ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो