Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाड गाउँपालिका स्वास्थ्य सेवाको कार्य सम्पादनमा बागलुङ जिल्लाकै उत्कृष्ट



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य सेवा अन्तरगतको कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट बनेको छ ।

बडिगाडले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट स्थान हासिल गरेको हो । स्वास्थ्य कार्यालयले गरेको आर्थिक वर्ष २०७९।०८० मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षामा बडिगाड गाउँपालिलाई जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरि सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनलाई विभिन्न सूचकलाई आधार मानेर मुल्याङ्कन गर्दा बडिगाड जिल्लामै उत्कृष्ट पालिकाको रुपमा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

मुल्याङ्कनको आधारमा जिल्लाको पश्चिम तमानखोला गाउँपालिका दोस्रो स्थानमा र गलकोट नगरपालिका तेस्रो स्थानमा रहेको छ । जिल्लाका १० स्थानिय तहमा स्वास्थ्य क्षेत्रमा भएका कार्यसम्पादन र विभिन्न सूचकका आधारमा मुल्याङन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

कार्यालयले विभिन्न अन्य तिन विधामा पनि मुल्याङ्कन गरेको छ । उत्कृष्ट स्थानिय तह सँगै उत्कृष्ट स्वास्थ्य संस्था, उत्कृष्ट पोष्टर प्रिजेन्टेशन र हात्तिपाईले रोग निवारण अभियान अन्तरगत आम औषधी खुवाउने उत्कृष्ट पालिकालाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो