Hi-Speed Computer

Awareness Campaign

चर्चित गुल्मेली गायक रामचन्द्र चन्दकी आमा पुनम चन्दले गाएको गीत ‘खोली निउरो’ सार्वजनिक



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: चर्चित गुल्मेली गायक रामचन्द्र चन्दकी आमा पुनम चन्दको स्वर र सर्जक हेमनाथ खरालको शब्द रचना र लय सिर्जना रहेको मौलिक लोक गीत ‘खोली निउरो’ आज रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भनिन्छ संगीत बिनाको जीवन कल्पना पनि गर्न सकिँदैन। नेपाली लोक विधामा अर्को नयाँ सिर्जना नजर पर्यो। लोक विधामा पनि विभिन्न खालका गीत हुने गर्छन्। लोक गायक रामचन्द्र चन्दका सिर्जनाहरु सुन्ने खालका गीत मात्र भेटिन्छन्। यस्ता सिर्जनाले बडो अर्थपूर्ण सन्देश प्रवाह गरिरहेका हुन्छन्। शब्दले बोलेका कथालाई दर्शकले आफूमा उतारेर सुन्ने र आफू भित्रको छटपटीलाई हल्का बनाउने खालका यस्ता सिर्जनाको यौटा बेग्लै किसिमको महत्व रहने गर्दछ।

मौलिक संस्कृति संरक्षणको यौटा अभियान नै चलाएका लोक सर्जक हेमनाथ खरालले एकपछि अर्काे लोक सिर्जना लिएर आएका छन्। गुल्मीको शान भनेर चिनिने सुमधुर स्वरका धनी लोक गायक रामचन्द्र चन्दकी आमाको स्वर छोराको भन्दा बढी उत्कृष्ट लाग्यो।

Forest
Forest
Ad.

आमा पुनम चन्द ठकुरीज्यूले गाएको मौलिक गीत ‘खोली निउरो, बल्ल दिल बिउरो’ ले रित्ता गाउँ देखि वृद्धाश्रमका नमिठा पाटाहरुलाई देखाएको छ। गुल्मीको स्थानीय ठेटबोलीका शब्दहरुलाई गाँसेर गरिएको शब्द रचना तथा लय सिर्जना हेमनाथ खरालले गरेका हुन् भने आफ्नै छोरा रामचन्द्र चन्दको संगीत संयोजनमा विरह बगाउँदै आमा चन्दले गाउनु भएको हो।

श्रजक हेमनाथ खराल भन्छन्, ‘खोलाखोल्सामा सुनिने प्राकृतिक धुन सँगै गुनगुनाउने गर्दा यस्ता भाकाहरु बन्दछन्। भाका बनेपछि सोहि भाकामा कलम चलाउँदा यस्ता गीत तयार हुने गर्दछन्।’

सिंगो सांगीतिक टिमलाई सांगीतिक प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

आउनुहोस्, हेरौँ उक्त गीतको म्युजिक भिडियो:

Awareness by SKF

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो