Awareness

Get Vaccinated

भव्य बन्यो ग्वालिचौर समाज कल्याण केन्द्रको तीज गीत तथा नृत्य प्रतियोगीता



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

सागर भण्डारी, बागलुङ: हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ग्वालिचौर समाज कल्याण केन्द्र बडिगाड गाउँपालिका-५ ग्वालिचौर बागलुङले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ।

केन्द्रले हरेक वर्ष तीजको अवसरमा आयोजना गर्दै आएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । सो अवसरमा सामुहिक, खुल्ला तथा समुहगत रुपमा प्रतिष्प्रधा गराईएको थियो । कार्यक्रममा सहभागी ८ वटा आमा समुहलाई नगद ५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै खुल्ला तीज गीत तथा नृत्य प्रतियोगीता तर्फ ४ समुहको सहभागीता रहेकोमा भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु. १५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

त्यस्तै द्धितिय भएको पौँदीटारी आधारभूत विद्यालयले नगद रु. १२ हजार ५ सय ५५, तृतीय हुने खार माध्यमिक विद्यालयले नगद रु. ९ हजार ५ सय ५५ र सान्त्वना हुन सफल बाल क्लव भानु माविले नगद रु. २ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

कार्यक्रममा मौलिक तीज गीत तथा मौलिक संस्कृति सहित विभिन्न भेषभूषामा उपस्थित प्रतियोगीहरुले समसामयिक विषयमा आफ्नो प्रस्तुती राखेका थिए । अधिकांश प्रतियोगीहरुले आफ्नो गीत मार्फत वैदेशिक रोजगारीले निम्ताएको सामाजिक तथा पारिवारिक विचलन र फेरिँदै गरेको तीज र संस्कृति प्रति सन्देश प्रवाह गरेका थिए । सो अवसरमा कार्यक्रमलाई आर्थिक, भौतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले केन्द्रले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगीताले मौलिक संस्कृति संरक्षणमा मद्धत पुगेको बताउनुभयो । उहाँले पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको भन्दै परम्परागत शैलीबाट तीज गीतहरु गाउने र नाच्ने प्रचलन कम हुँदै जानु दुखद भएको बताउनुभयो ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, पूर्व वडाध्यक्ष अर्जुन प्रसाद खरेल, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज खरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Awareness by SKF

ग्वालिचौर समाज कल्याण केन्द्रका अध्यक्ष मिन बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शर्मिला शर्मा खरेलको स्वागत मन्तव्य र उपाध्यक्ष रामचन्द्र खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो