Awareness

बडिगाड गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना

खबर स्वास्थ्य खबर

Place for ads

सागर भण्डारी, बागलुङ: बागलुङको बडिगाड गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । वडा नं – ६ खाल बजारमा बडिगाड आँखा उपचार केन्द्रको शनिवार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले आँखा उपचार केन्द्रको स्थापना संगै बडिगाड बासीहरुलाई सहज हुने बताउनुभयो । उहाँले यसको थप व्यवस्थापन र सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Get Vaccinated

विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महंगोमा जिल्ला बाहिर वा छिमेकी पालिकामा जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै ठाउँमा उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका छन् ।

यो भन्दा पहिले यहाँका स्थानीयवासीहरु आँखाको उपचाको लागि गुल्मी, बागलुङ, पाल्पा तथा पोखरासम्म जानुपर्ने बाध्यतामा रहेका थिए । यसका साथै कहिलेकाही गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या रहेको थियो

बडिगाड गाउँपालिकाको आर्थिक सहयोग, नेपाल नेत्र ज्योती संघ र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्रको स्थापना भएको हो । उक्त उपचार विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरेर वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । केन्द्रका लागि जनशक्ति व्यवस्थापन समेत गाउँपालिकाले गरेको उहाँको भनाई छ ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, वडा नं. ६ का वडाअध्यक्ष वीर बहादुर खत्री, हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र बहादुर थापा, मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ लगायत धौलागिरी आँखा अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

Awareness by SKF

कार्यक्रमको सञ्चालन गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसीले गर्नुभएको थियो । गाउँपालिकाले आँखा सम्बन्धी समस्या भएका बिरामीहरुले उपचार सेवा लिनको लागि अनुरोध समेत गरेको छ ।