पाल्पा: नेपाल रेडक्रस साेसाइटी श्रीनगर उपशाखाले नेपाल रेडक्रस साेसाइटीकाे ६१ औँ स्थापना दिवस मनाएको छ। “सेवा नै धर्म हाे ” भन्ने मूलमन्त्र बोकेको नेपाल रेडक्रसको यस बर्ष ” मनैदेखि सेवा” नाराका साथ नेपाल रेडक्रस साेसाइटीकाे स्थापना दिवस पाल्पा आवासीय माध्यमिक विद्यालयमा मनाएको हाे।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा आवासीय माध्यमिक विद्यालयका अध्यक्ष केदार लाल श्रेष्ठले मानवीय सेवालाई प्राथमिकता राखेर नेपाल रेडक्रस पाल्पाले आफ्ना गतिविधिलाई अगाडि बढाएको बताउनुभयो । मानवीय सेवा नै जीवनकाे ठुलाे सेवा रहेकोले रेडक्रसले सञ्चालन गरेका यस्ता गतिविधिहरूलाई हरेक बस्ती बस्ती,विद्यालय संघ सस्थामा पुर्याउन आवश्यक रहेको बताउनुभयो । साथै नेपाल रेडक्रस साेसाइटी श्रीनगर उपशाखाले आगामी दिनमा यस्ता क्षेत्रकाे छनाेट गरि मानवीय सेवालाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी गाैतम बुद्व उपशाखा सभापति चित्रवली राम सुवालले मानवताकाे सेवालाई नेपाल रेडक्रस साेसाइटीले प्राथमिकिकरण गर्दै आएकाे बताउनुभयो । आज नेपाल रेडक्रस साेसाइटीकाे स्थापना दिवस रहेकाले जिल्ला प्रहरी कार्यालय पाल्पाकाे पुस्तकालयका लागि २८ सय मुल्य बराबरको कैदीबन्दीहरूका लागि पुस्तक हस्तान्तरण गरिएको बताउनुभयो।

नेपाल रेडक्रस साेसाइटी मणिमुकुन्द उपशाखाका सभापति सकुन्तला बज्राचार्यले नेपालमा वि स २०२० सालमा रेडक्रसकाे स्थापना भएको बताउनुभयो । नेपालमा रेडक्रस शुरूवात हुदा देखि नै “जहाँ दुख छ त्यहा रेडक्रस छ ।” भन्ने अभियानका साथ ७ वटा सिद्वान्तमा रहेर काम गरेको बताउनुभयो । रेडक्रसले असहाय,स्वास्थ्य,सामाजिक क्षेत्रमा काम गर्दै आएकाे बताउनुभयो । विद्यालय र समुदाय स्तरबाट मानवीय सेवाकाे भावनालाई जागृत बनाउन मणिमुकुन्द उपशाखाले अभियान सञ्चालन गर्दै आएकाे बताउनुभयो । विधालयका प्रिन्सिपल गोपाल पि सी, नगर कार्यपालिका सदस्य सविता भट्टराई र वडा सदस्य सुनिता श्रेष्ठले शुभकामना दिनुभयो।

कार्यक्रमका अध्यक्ष एवम नेपाल रेडक्रस साेसाइटी श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीले सस्थाले विगत केही हप्ता देखि विद्यालयहरूमा प्रशिक्षण अभियान सञ्चालन गरिरहेकाे बताउनुभयो । रेडक्रस वि स २०२० साल पश्चिमी भेगमा बाढी पहिराे जादा राहत दिने क्रममा स्थापना भएको बताउनुभयो । पाल्पामा २०२७ सालमा स्थापना भएको थियाे । हाल रेडक्रसका १८ उपशाखा छन।
तानसेन नगरपालिकामा ५ वटा उपशाखा छन । श्रीनगर उपशाखाले विभिन्न विद्यालयमा रेडक्रस अभियान कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे बताउनुभयो।उपसभापति सरस्वती भट्टराईद्वारा स्वागत भएको कार्यक्रमको संचालन उपकोषाध्यक्ष संजित थापाद्वारा गरिएको थियोे।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










