गुल्मी: गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि पुनः उडान हुने भएको छ। जसका लागि नेपाल एयरलाइसेन्सले टिकल बिक्री खुल्ला गरेको छ।
प्रतिकुल मौसमका कारण विगत दुई महिनादेखि बिमानिस्थलमा उडान हुन सकेको थिएन । पछिल्लो पटक काठमाडौबाट रेसुङ्गाका लागि असार ६ गते उडान भएपनि खराब मौसमका कारण जहाज बीच बाटोबाटै काठमाडौ फर्किएको थियो ।
त्यसपछि भने कुनै उडान भएको छैन । रेसुङ्गा बिमानिस्थलमा गत वैशाख अन्तिम साताबाट नियमित उडान सुरु भएको थियो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयता भने उडान हुन सकेको थिएन।
उडान बन्द भएपछि विभिन्न संचार माध्यममा समाचार समेत प्रकाशन भएको थियो । शुक्रबारदेखि हुने उडानको लागि एयरलाइसेन्सको वेबसाइटबाट टिकट काट्न सकिने रेसुङ्गा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ : ३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ ः ४५ बजे उडान गर्ने समय तालिका रहेको छ। रेसुङ्गा विमानस्थलमा बिहानी समय मात्रै उडानको लागि उपयुक्त छ । दिउँसमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







