Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी थापाद्वारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा न.-२ स्थित एक खेल मैदान निर्माणकालागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

वडा नं २ भर्जुवा लुग्रुङ स्थित लुग्रुङ खेलमैदान निर्माणका लागि थापाले पठाउनुभएको उक्त सहयोग बिहिवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । सहयोग रकम बराबरको चेक लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापालाई पहलकर्ता एवम् सचिव दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा नं-२ का वडाध्यक्ष रविन्द्र केसीले आफ्नो वडा भित्रका युवाहरुको आवश्यकतालाई ध्यानमा राखि अमेरीकाबाट सहयोग पठाउनुहुने सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफुले व्यक्तिगत रुपमा र नगरपालिकाबाट समेत खेल मैदान निर्माणका लागि सहयोग गरेको बताउनुभयो ।

सिंचाई
Forest
Ad.

त्यस्तै सोही अवसरमा वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले खेलमैदान निर्माणका लागि व्यक्तिगत रुपमा ४२ हजार रुपैयाँ सहयोग गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गरिएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अनलाईन मार्फत बोल्दै सहयोगी लिल बहादुर थापाले आफु नेपाल आएको समयमा उक्त ठाउँमा एउटा सार्वजनिक ठाउँ र खेल मैदान निर्माणको आवश्यकता देखेकाले सोही बमोजिम सहयोग गरेको बताउनुभयो ।

लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापाले आफुहरुको अभियानमा सहभागी भई खेलमैदान निर्माणमा विशेष सहयोग गर्नुहुने समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

स्थानीय समाजसेवी बुद्धिबल चालिसेले समाजसेवी थापाको सहयोगले युवाहरुलाई प्रोत्साहन मिलेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, स्थानीय व्यक्ति सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त खेलमैदान निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताईएको छ । जग्गा खरिद गरी समथर मैदान बनाउने र पोल सहित विभिन्न कामहरु भईसकेको र अब सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो