Smoking Causes Cancer

धम्क्याएर बलात्कार गर्ने गुल्मीका एक युवकलाई अदालते पठायो जेल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: युवतीलाई डरधम्की दिएर बलात्कार गर्ने युवकलाइ जिल्ला अदालत बागलुङले पुर्पक्षकालागि थुनामा पठाएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका-१ का २७ बर्षिय बिमल हमाल थुनामा परेका हुन्।

असार २५ गते हमालले बागलुङको मालढुंगामा हिडेकी एक युवतीलाई धम्क्याएर जवरजस्ती करणी गरेका थिए । ती युवतीले उजुरी दिएपछि भागेका हमाल असार २६ गते जैमिनीमा चोरी गरेर भाग्ने क्रममा पक्राउ परेका थिए।

हमालले जैमिनी नगरपालिका वडा नंं ४ का यामबहादुर क्षेत्रीको घरमा पुगेर ९ हजार ५ सय ४० रुपैयाँ नगद सहित सुनको बेरुवा औंठी, सुनको सिक्री र मंगलसुत्र समेत चोरेर भागेका थिए।

सिंचाई
Forest
Ad.

क्षेत्रीले तत्काल खबर गरेपछि इलाका प्रहरी कार्यालय कुश्मीसेराले पक्राउ गर्दा हमाल बलात्कारी समेत भएको खुलेको थियो । अदालतको आइतवारको आदेशले उनलाई जेल पठाइएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो