Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका पत्रकार कृष्ण अञ्जानको निधन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: पत्रकार कृष्ण अञ्जानको निधन भएको छ। उनको हृदयघातका कारण शुक्रबार बुटवलमा निधन भएको हो।

दुई दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल झरेका उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयाघात भएको थियो। उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

बुटवल तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उनी आमाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए। नवलपरासीको सुनवलमा व्यवसाय गर्दै आएका उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा सुनवलमा भएको तत्कालीन विद्रोही माओवादी र शाही सेनाको दोहोरो भिडन्तको क्रममा गोली लागेर मृत्यु भएको थियो।

सिंचाई
Forest
Ad.

रुरु क्षेत्र गाउँपालिका-१ का अञ्जानलाई यसअघि सहिद परिवाररुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका थिए।

ओझेलका खबर डटकम लगायत विभिन्न सञ्चार संघसंस्थामा आवद्ध रहेका उनी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो