Salime Malika Krishi Farm

Awareness Campaign

सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि:शुल्क तीन वर्षे प्राविधिक विषय पढाउने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ। एसईई पछि पशु तथा बाली विज्ञान क्षेत्र तर्फ डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले सो अवसर प्रदान गरेको हो । जुन अवसर लिन साउन १० गते भित्र आवश्यक कागजात सहित पालिकामा उपस्थित हुनु पर्नेछ।

कृषि र पशुपालन क्षेत्र तर्फ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादन भएको जनशक्तिलाई गाउँमै परिचालन गर्ने उद्देश्यले योजना अगाडि सारेको गाउँपालिकाका पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए।

यस आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरि गाउँपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएर कार्यान्वयनको चरणमा पुगेको अध्यक्ष टिकाराम पाण्डेले बताए। साथै यस कार्यक्रमको प्रतिफल अनुसार आगामी दिनमा पनि थप नयाँ ढंगले परिमार्जन गर्दै लागू गर्ने आफुहरुको योजना रहेको अध्यक्ष पाण्डेले उल्लेख गरे।

सिंचाई
Forest
Ad.

प्राविधिक शिक्षा अध्ययन पछि विद्यार्थीले समयमै रोजगार पाउनुका साथै कृषि र पशुपालन क्षेत्रमा सहयोग पुराउने अपेक्षा गाउँपालिकाले लिएको छ।

विद्यार्थीको प्राप्त अङ्गका आधारमा प्रत्येक वडा बाट एक/एक जना पर्ने गरि छनोट गरिनेछ, यद्यपि कुनै वडा बाट विद्यार्थी सहभागी नभएको खण्डमा भने समग्र प्राप्त अङ्गको आधार विद्यार्थी छनोट हुने गाउँपालिकाले जनाएको छ।

विद्यार्थीको जाँच चन्द्रकोट गाउँपालिका स्थित तुराङ्ग बहुप्राविधिक शिक्षालयले लिनेछ भने विद्यार्थीले तीन वर्षे प्राविधिक कोष पनि सोही शिक्षण संस्थामा अध्ययन गर्नेछन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो