बागलुङ: घरायसी विवादमा ढुंगा प्रहार गरेर आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्।
ढोरपाटन नगरपालिका वडा नम्बर-६ छेन्तुङका ५० वर्षीय सतबहादुर विकको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय मनबहादुर कामीलाई पक्राउ गरेको हो । असार १४ गते कामीले विकको हत्या गरेका थिए । विक र कामी सहोदर दाजुभाइ हुन्।
यो पनि: ढोरपाटनमा ढुंगाले हानेर एक व्यक्तिको हत्या
असार १४ गते मृत अवस्थामा विकको शव भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । ढुंगा प्रहारबाट हत्या भएको शंकामा प्रहरीले १५ गते कामीलाई पक्राउ गरेको थियो ।
आइतबार जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







