Clean Water Campaign

Awareness Campaign

मुसिकोटमा अपांगता भएकाहरुलाई कृत्रिम हात खुट्टा वितरण



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा रहेका अपांगता भएकाहरुलाई कृत्रिम हात खुट्टा वितरण गरिएको छ।

नगरपालिकाको आर्थिक सहयोग र आशा अपाङ्ग केन्द्र तम्घास गुल्मीको समन्वयमा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि कृत्रिम हात खुट्टा वितरण गरिएको हो।

विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि कृतिम हात खुट्टा वितरण गरिएको नगरप्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो । हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताईरहेका महानुभावहरूलाई सहयोग गर्ने उद्धेश्यले केही समय अगाडी उनीहरुको नाँपजाँच गरी हात खुट्टा तैयार भएको र बुधवार वितरण गरिएको खरेलले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

नगरपालिका भित्र रहेका २ जनालाई खुट्टा र एक जनालाई कृतिम हात वितरण गरिएको हो।

कार्यक्रममा नगरप्रमुख खरेलसगैं वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा वडा सदस्य टेक ब राना,लक्ष्मण खराल, वडा नं ८ का पूर्व वडा अध्यक्ष नारायण सापकोटा नगरपालिकाका स्वास्थ्य सयोंजक डिबि जिसी, जनस्वास्थ्य निरिक्षक पुस्कर गौतम र नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराई तथा आशा अपाङ्ग केन्द्र गुल्मीका डम्मर गिरी र अमृत विक लगायतको उपस्थिति रहेको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो