काठमाडौं: शीत काव्य समाज नेपालले तेस्रो वार्षिक उत्सव पाल्पा र काठमाडौंमा भव्यताको साथ मनाएको छ।यसै कार्यक्रममा शीत काव्य समाज नेपालले प्रदान गर्ने शीत कर्ण पुरस्कारद्वारा पाल्पाली साहित्यकार शीत अभियन्ता नारायण कोइराला पुरस्कृत भएका छन्।
प्रथम शीत ईश्वर कृष्णबहादुर के.सीले स्व: बुबा कर्णबहादुर के.सीको स्मृतिमा स्थापना गरेका शीत कर्ण पुरस्कार यस अगाडि शीत कर्ण पुरस्कारबाट शीत साधक देवेन्द्र राज शाक्य, शीत ईश्वर इन्दिरा ज्ञवाली रशीत ईश्वर शारदा ढकाल पुरस्कृत भैसक्नु भएकाे छ। यसकाे राशी पाँच हजार नगद, सम्मान पत्र र दाेसल्ला रहेकाे छ।
को हुन त ‘शीत कर्ण ‘ पुरस्कारबाट सम्मानित कोइराला?
विक्रम संवत २०३४साल कार्तिक ८ गते पाल्पा जिल्ला त.न.पा ७ लामडाँडामा मातापिता हरिकला कोइराला र भुवन प्रसाद कोइरालाका साहिला सुपुत्र हुन। सामान्य किसान परिवारमा पाँच दिदीबहिनी र पाँचै दाजुभाइ मध्यका साहिला छोरा कोइरालाको बाल्यकाल अति संघर्षमय थियो।
अभाव संग लड्दै पढाइ जारी राखेका कोइरालाले सरस्वती माध्यमिक विद्यालयबाट कक्षा दस सम्मको पढाइ पूरा गरेका छन् भने त्रिभुवन बहुमुखी क्यापस तानसेनबाट आई.कम पास गरेका हुन।आर्थिक समस्याले सताएपछि पढाइ बीचमै छोडेर भारत हुँदै खाडी मुलुक युएई पुगेपनि सानै देखि साहित्यमा रुचि राख्ने कोइरालाको पहिलो लेखाई कविता हो।
जुन कक्षा आठमा रेडक्रस संबंधित थियो। पहिलो कविताले विद्यालय स्थरमा दोस्रो स्थान पाएको थियो।जसले कोइरालालाई साहित्यमा लाग्न हौसला दियो । नाटक र कवितामा रुचि भएपनि पछिल्लो समयमा कथा, लघुकथा विधामा पनि राम्रो दखल रहेको छ।साहित्यिक यात्राको क्रममा उनका दुई कृति पनि प्रकाशित छन। कालो पर्दा नाटक २०५५ र मरूभूमिमा विस्फोट लघुकथा संग्रह २०७८ उनका प्रकाशित कृति हुन।
कामको शिलशिलामा विदेश लागेपछि लगभग कोइरालाको कलम निष्क्रिय भएको थियो। कोरोना महामारीको समयमा पुनः कलम चलाउन थालेका कोइराला अहिले भने सक्रिय रुपमा कलम चलाई रहेका छन। कोरोना कालमा “एकपल्ट हेर सरकार” कविताबाट पुनः लेखन सुरु गर्दा उक्त कविताले खुब चर्चा पनि पाएको थियो। जुन कविता विदेशमा बिचल्ली भएका मजदुरसंग संबंधित थियो।
विद्यार्थी कालमा पाल्पा जेसिसले आयोजन गरेको वातावरण संबंधित बक्तित्यो कलामा तृतिय स्थान प्राप्त गर्ने कोइरालाले पछिल्लो समयमा साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको सत्राैँ अङ्कमा विजय भएका कोइराला आधुनिक नेपाली लघुकथा प्रतियोगिताको नवौं हप्तामा पनि विजयी भएका थिए। यसबाहेक विभिन्न संघ संस्थाबाट सम्मान र प्रसंसापत्रद्वारा सम्मानित भएका छन।
लामो समय सम्म रोजगारीको सिलसिलामा खाडी मुलुक यूएईमा बसेको हुँदा परदेशी श्रमिकका सुख दुःख समेटेर लेखिएका लेखहरू उज्यालो अनलाइन, ओझेलका खबर डटकम, तीतोपाटी, सेतोपाटी, सेतोमसी, नागरिक न्युज, साहित्यपोस्ट, डिसी नेपाल आदि अनलाइन पत्रिकामा प्रकाशित गर्दैआएका छन। त्यस्तै विभिन्न साहित्यिक पत्र पत्रिकाहरुमा कथा कविता, लघुकथा, संस्मरण, अनुभव गरी सयौँ लेख प्रकाशीत छन।
पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीले शीतको परिकल्पना गरे देखि निरन्तर रूपमा शीतको व्यापकिकरण गर्न विशेष योगदान गर्दै आएका शीत काव्य समाज नेपालका केन्द्रीय उपाध्यक्ष कोइरालालाई शीत काव्य समाज नेपालले तेस्रो वार्षिक उत्सवको अवसरमा उहाको काव्य साधना र संप्रेषणको उच्च मूल्यांकन गर्दै शीत काव्य समाज बाग्मती प्रदेशले काठमाडौंमा आयोजना गरेको तेस्रो बार्षिक दिवस समारोहमा शीत कर्ण पुरस्कारद्वारा सम्मानित गरिएको हो । कोइरालाको साहित्यिक यात्रा अझै सबल र सक्षम हुँदै जाओस्। शुभकामना।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










