Clean Water Campaign

Awareness Campaign

गुल्मीमा बौद्धिक अपांगताका अभिभावक संघको भवन बन्यो: संचालनको चुनौती उस्तै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बौद्धिक अपांगताका अभिभावक संघ गुल्मीको भवन एक दशक लगाएर करिब सम्पन्न भएको छ। तत्कालिन जिल्ला विकास हुँदैबाट सुरु भएको भवन निर्माण कार्य प्रयाप्त बजेट नहुँदा अलपत्र थियो।

अहिले प्रदेश र केन्द्रबाट ७५ लाख बजेट प्राप्त भएपछि निर्माण भएको छ । अझै व्यावस्थापकीय काम बाँकी रहेका छन् । संघको छैठौ अधिवेशन तथा १० औ साधारण सभामा बिशेष गरेर अबको संचालन प्रक्रियाको बारेमा अधिकांशले चिन्ता व्यक्त गरेका थिए । सघका अध्यक्ष इश्वरी पौडेलको अध्यक्षता तथा रेसुंगा नगर उपप्रमुख अमृतादेवि कुवंरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न वक्ताहरुले संघको बारेमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा संस्थाका पुर्व उपाध्यक्ष तथा समाजसेवि राजकुमार श्रेष्ठले अक्षयकोषमा एक लाख एक हजार राख्ने घोषणासहित प्रगतीको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा संस्था र भावी योजनाहरुमा आफुसंगै रहने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै संस्थापक अध्यक्ष रघुनाथ मरासिनीले बौद्धिक अपांग छोराछोरीहरु र राज्य संयन्त्रको अवस्थाका बारेमा बोल्दै अक्षयकोषमा ५० हजार राख्ने घोषणा गरे।

सिंचाई
Forest
Ad.

पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले संस्थाको पादर्शिता र आगामी दिनमा संचालनको चुनौतिका बिषयमा आफ्नो धारणा राखेका थिए । रेसुंगा नगरपालिका वडा नं ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेयले संस्थाको विकासको लागि आफु र नगर सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रमुख कुवंरले सिमित श्रोत र साधनकाबिच जनभावना अनुसारका काम गर्न चुनौति भएपनि अपांगता भएका व्यक्तिहरुको अप्ठ्यारोमा आफुहरु सधै संगै रहेको बताइन् । कार्यक्रममा संस्थाका सचिव मेघलाल पाण्डेयले कार्यप्रगती प्रतिवेदन र कोषाध्यक्ष उमानाथ पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले बौद्धिक अपांगको पुनः स्थापना केन्द्रको भवन निमार्ण कार्यलाई अन्तिम चरणमा पुर्याएको थियो।

अपांगहरुको हक अधिकारका लागि विभिन्न किसिमको वहस पैरवी गर्ने र निकट भविष्यमा दिवाकक्षा संचालनका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाएको संस्थाका अध्यक्ष इश्वरी प्रसाद पौडेलले जानकारी दिए । उनले पनि कोषमा साढ लाख राखेकाले आगामी दिनमा पाँच लाख पुराउने प्रतिवद्धता व्यक्त गरे । कार्यालयलाई दैनिक रुपमा संचालन गर्नका लागि आवश्यक प्रक्रिया शुरु गरिएको र संस्थाको आम्दानीलाई दिगो बनाउनका लागि अक्षयकोषको स्थापना गरिएको पौडेलले बताए।

त्यस्तै आगामी बर्षहरुमा भवन निर्माणमा केहि कुराहरु बाँकी रहेकोले बजेटको सुनिश्चित गरी निकट भविष्यमा भवन निर्माण कार्यलाई पूर्णता दिने, भवनका लागि आवश्यक फर्निचर र फर्निसिंगका सामग्रीहरु खरिद गरिने, दिवाकक्षा संचालन गर्नका लागि आवश्यक पहल शुरु गरिने, अक्षयकोषमा सवैलाई सहयोगका लागि अपिल गरिने सचिव मेघलाल पाण्डेयले बताए । उपल्लो तम्घास मा।वि।संग सहकार्य गरी बौद्धिक अपांगको कक्षा संचालनका लागि आवश्यक छलफल भएको पनि पाण्डेयले बताए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो